सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेस अधिवेशनः कुन क्षेत्रमा के हुदैँछ ?

काभ्रे काँग्रेस अधिवेशनः कुन क्षेत्रमा के हुदैँछ ?

3695
Shares
काभ्रे काँग्रेस अधिवेशनः कुन क्षेत्रमा के हुदैँछ ?

 

काभ्रे : काभ्रे काँग्रेसको दुई वटै निर्वाचन क्षेत्रमा जारी अधिवेशनमा अहिले मतदान चलिरहेको छ ।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र लामिछानेका अनुसार अहिले धमाधम मतदानको काम भइरहेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा शिव हुमागाई प्यालनको सर्वसम्मत हुने अनुमानका बीच मधु प्यालनले सभापति सहित सिँगो टिमकै उम्मेदवारी दर्ता गरेपछि मतदानमा जानु परेको हो । निर्वाचन क्षेत्र नम्बर १ मा १३ सय १४ जना प्रतिनिधि रहेका छन् । भकुण्डेमा मतदान भइरहेको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा शिव प्यालनबाट सभापतिमा दिनेश लामा, सचिबमा शिव प्यानलबाट विद्या सागर लामा र किशोर राज गिरी, सहसचिबमा पदम बहादुर लामा र गणेश अधिकारी चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यस्तै मधु प्यानलबाट विष्णुमाया पुलामी, सचिबमा सुमित्रा आचार्य बञ्जारा र हिरामाया मानन्धर, उपसचिबमा कान्छी र यशु थिङ रहनुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशन बनेपामा चलिरहेको छ । क्षेत्र नम्बर २ मा पनि अहिले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो । निर्वाचन क्षत्रे नम्बर २ मा १२ सय ३० जना अधिवेशन प्रतिनिधि रहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा मधु प्यालनबाट सभापतिमा महेश खरेल प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । खरेलको टिमबाट सचिबमा कृष्णबुद्ध बजगाई र नारायण सापकोटा, सह सचिबमा चिरञ्जवी आचार्य (दिलिप) र पुरुषोत्तम बजगाईको उम्मेदवारी परेको छ ।

शिव हुमागाई समूहबाट क्षेत्र नम्बर २ को सभापति सुन्दरमणी आचार्य प्रतिस्पर्धामा हुनुहुन्छ । सुन्दरमणीको टिमबाट सचिबमा आनन्द सापकोटा र राम जोशी, सहसचिबमा निराजन लुईटेल र राजेश तिमल्सिना हुनुहुन्छ ।

२५ सय ४४ जना प्रतिनिधि सहभागि हुनेछन् । दुबै निर्वाचन क्षेत्रमा दिउँसो ३ बजेबाट मतदान सुरु भएको हो । साझँ ५ बजेसम्म मतदान गर्न गरिसक्ने गरी कार्यतालिका सार्वजनिक गरे पनि ढिला गरी मतदान सुरु भएकाले केहि समय पर धकिलिन सक्ने मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो ।

काँग्रेसको जिल्ला अधिवेशन भने यहि मंसिर १० गते हुँदैछ ।

3695
Shares

ट्रेन्डिङ