सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रे काँग्रेस अधिवेशनमा रोचकता : पुरुष भर्सेज महिला उम्मेदवार भिड्दै

काभ्रे काँग्रेस अधिवेशनमा रोचकता : पुरुष भर्सेज महिला उम्मेदवार भिड्दै

7180
Shares
काभ्रे काँग्रेस अधिवेशनमा रोचकता : पुरुष भर्सेज महिला उम्मेदवार भिड्दै

 

काभ्रे: काभ्रेको जारी संघीय निर्वाचन क्षेत्र अधिवेशनमा केहि रोचकता देखिएको छ ।

खास गरी निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष उम्मेदवारलाई महिला उम्मेदवारले कडा टक्कर दिइरहेका छन् । मधु आचार्यले समूहले निर्वाचन क्षेत्र नम्बर १ मा सबै पदाधिकारीमा महिला उम्मेदवार उठाएको हो ।

शिव हुमागाई प्यानलबाट उम्मेदवार बनेका सबै पदाधिकारी पुरुष छन् । लगभग निर्विरोध निर्वाचित हुन्छन् भन्ने पूर्व अनुमान विपरित मधु समूहले महिला उम्मेदवार खडा गरेर शिव प्यानललाई चुनौती दिएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा १३ सय १४ जना प्रतिनिधि रहेका छन् । भकुण्डेमा मतदान भइरहेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा शिव प्यालनबाट सभापतिमा दिनेश लामा उम्मेदवार हुनुहुन्छ भने मधु प्यानलले विष्णु माया पुलामीलाई सभापतिमा उठाएको छ ।

शिव हुमागाई प्यानलबाट सचिबमा शिव प्यानलबाट विद्या सागर लामा र किशोर राज गिरी, सहसचिबमा पदम बहादुर लामा र गणेश अधिकारी चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यस्तै मधु प्यानलबाट सभापतिमा विष्णुमाया पुलामी, सचिबमा सुमित्रा आचार्य बञ्जारा र हिरामाया मानन्धर, उपसचिबमा कान्छी र यशु थिङ रहनुभएको छ ।

7180
Shares

ट्रेन्डिङ