सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ मा महेश खरेलको अग्रता कायमै

काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ मा महेश खरेलको अग्रता कायमै

8935
Shares
काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ मा महेश खरेलको अग्रता कायमै

 

काभ्रे : काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसको सभापतिका लागि दुई युवा बीचको प्रतिस्पर्धा निकै रोचक देखिएको छ ।

हिजो सुरु भएको अधिवेशनमा अहिले धमाधम मतगणना भइरहेको छ । जसमा महेश खरेलले आफ्नो अग्रतालाई कायमै राख्नु भएको छ । १२ सय ३० जना प्रतिनिधि रहेको यो निर्वाचन क्षेत्रमा १२ सय ८ मत खसेको छ ।

हालसम्म दुई सय ३४ मत को हाराहारिमा गनिसक्दा खरेलले आफ्नो अग्रतालाई कायमै राखिराख्नु भएको हो । खरेलले एक सय २६ मत र सुन्दर मणी आचार्यले एक सय १०८ प्राप्त गर्नुभएको छ ।

खरेल, मधु आचार्य प्यानलबाट सभापतिमा होमिनु भएको हो भने सुन्दरमणी आचार्य शिव हुमागाई प्यानलबाट । अरनिको पार्टी प्यालेसमा मतगणना भइरहेको छ । दुबै समूहको नेता कार्यकर्ता मतगणना स्थलमा छन् । आफ्नो पक्षको मत बढी आउँदा हुटिङ गरिरहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा पुरै पदाधिकारी शिव हुमागाई प्यानलले जीतेपछि निर्वाचन क्षेत्र नम्बर २ मा खरेललाई जीत्नै पर्ने दबाब छ । आफ्नो समूहको साखका लागि पनि खरेलको जीत आवश्यक छ । तर कुन उमेरदवारलाई जिताउने, हराउने अहिले कसैले निक्र्यौल गर्न सक्दैन् । किन भने हिजै मतदान भइसकेको छ ।

खरेल आफ्नो समूहको साख मात्रै होइनन् । आफ्ना पिता पूर्व राज्यमन्त्री राजेन्द्र खरेलको बिरासत पनि जोगाउन चाहान्छ । खरेललाई सम्भावित निर्वाचन क्षेत्र नम्बर १ को संसदीय निर्वाचनको उम्मेदवारका रुपमा समेत ब्याख्या गर्नेको संख्या काँग्रेस बृत्तमा धेरै छ ।

उसो त यो सभापति नजित्दैमा राजनीतिमै पूर्णविराम लाग्ने त होइन् । तर पार्टीभित्र सहमतिको प्रयास असफल भएपछि भइरहेको मतदानमा जित्दा खरेलको राजनीतिक यात्रा अझ तीब्र गतिमा अघि बढ्न सक्छ । खरेल काँग्रेसभित्र अगामी दिनमा काभ्रे जिल्लाको सिँगो नेतृत्व सम्हाल्ने मुहार देख्नेको संख्या ठूलो छ ।

पाँचखाल जस्तो बामपन्थीको लाल किल्ला भत्काएको जस पनि उनै महेश खरेललाई जान्छ । जे, जसरी भत्काएपनि बर्षै देखिको बाम किल्ला उनै खरेलले भत्काए । नगर प्रमुखमा विजयी भएर अहिले काभ्रे जिल्लामा राम्रो काम गर्ने नगरप्रमुख मध्ये खरेलको नाम पनि अग्रपंक्तिमै आउँछ ।

8935
Shares

ट्रेन्डिङ