सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेका बालबालिकालाई लगाउन थालियो कोरोना विरुद्धको खोप

काभ्रेका बालबालिकालाई लगाउन थालियो कोरोना विरुद्धको खोप

2665
Shares
काभ्रेका बालबालिकालाई लगाउन थालियो कोरोना विरुद्धको खोप

 

काभ्रे : काभ्रेका बालबलिकामा पनि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

गत कार्तिक २८ गतेबाट सुरु भएको खोप अभियानमा १२ देखी १७ बर्ष उमेर समूहका रहेका छन् । उनीहरुलाई फाईजर खोप लगाइएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तम सेढाईँले जानकारी दिए ।

उनका अनुसार यो समाचार तयार पार्दासम्म करिब १६ सय जना बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाजर खोप लगाउनका लागि देशभरमा २४ वटा खोप केन्द्र तोकेको छ ।

त्यसमध्ये काभ्रे जिल्लाको धुलिखेल अस्पतालले पनि यसको अनुमति पाएको हो । स्वास्थ्य प्रमुख सेढाईँका अनुसार धुलिखेल अस्पतालबाट मात्र लगाउन सुरु गरिएको फाईजर खोप यसको असर र परिमाण हेरेर अन्य स्थानमा पनि खोप अभियान सुरु गरिने छ ।

2665
Shares

ट्रेन्डिङ