सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ मा शिव–तीर्थ प्यानलको लजास्पत हार

काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ मा शिव–तीर्थ प्यानलको लजास्पत हार

10390
Shares
काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ मा शिव–तीर्थ प्यानलको लजास्पत हार

 

नेपाली काँग्रेस काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ को पदाधिकारीमा शिव हुमागाई र तीर्थ लामा प्यानलले नराम्रोसँग हार ब्यहोरेको छ ।

निकै तडकभडकका बीच शिव–तीर्थले पदाधिकारीमा एक जना सचिब बाहेक सबै पद गुमाएको हो । सभापतिमा महेश खरेल ६३४ मत सहित विजयी हुनुभएको छ । भने शिव हुमागाई प्यानलका सभापति उम्मेदवार सुन्दरमणी आचार्यले ५४७ मत ल्याएर चित्त बुझाउनुभएको छ ।

खरेलको टिमबाट सचिबमा कृष्णबुद्ध बजगाई र नारायण प्रसाद सापकोटा मध्ये सापकोटाले ५५४ मत ल्याएर विजयी हुनुभयो । बजगाईले ४९१ मत प्राप्त गर्नुभएको छ ।

शिव–तीर्थ प्यालनका आनन्द सापकोटा ५६२ मत सहित सचिबमा निर्वाचित हुनुभएको छ । सचिबका अर्का उम्मेदवार रामराज जोशीले ५३७ मत प्राप्त गर्नुभएको छ ।

सहसचिबमा मधु प्यानलका चिरञ्जवी आचार्य (दिलिप) ले ५७९ मत र पुरुषोत्तम बजगाईले ५०५ मत ल्याएर विजयी हुनुभएको छ । शिव–तीर्थ प्यानलका सहसचिब पदका उम्मेदवार निराजन लुईटेलले ५०२ मत र र राजेश तिमल्सिनाले ५०५ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो प्यानलका एक जना पनि पदाधिकारीमा निर्वाचित गराउन नसकेको मधु आचार्य समूहले २ मा भने त्यसको बदला लिएको छ । निकै प्रतिस्पर्धाका बीच आफ्नो समूहको बर्चस्व कायम गर्न मधु प्यानल निर्वाचन क्षेत्र नम्बर २ मा सफल भएको छ ।

10390
Shares

ट्रेन्डिङ