सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रे काँग्रेस अधिवेशनः पौडेल र लामा मध्ये कस्ले मार्ला बाजी ?

काभ्रे काँग्रेस अधिवेशनः पौडेल र लामा मध्ये कस्ले मार्ला बाजी ?

8245
Shares
काभ्रे काँग्रेस अधिवेशनः पौडेल र लामा मध्ये कस्ले मार्ला बाजी ?

 

काभ्रे काँग्रेसको जिल्ला अधिवेशनसम्म आइपुग्दा निकै रोचक राजनीतिक खेल भएका छन् ।

वडा अधिवेशनदेखि नै गुटगत प्रस्तिस्पर्धामा रमाएको काँग्रेस अन्ततः जिल्ला अधिवेशनमा पनि गुटगत प्रतिस्पर्धा हुने भएको छ । बुधबार राति निर्वाचन क्षेत्र नम्बर २ को मत परिणाम सार्वजनिक हुने वित्तिकै तीर्थ प्यानलका लागि दुई वटा दुःखत खबर सार्वजनिक भयो ।

एउटा आफ्नो सिँगो प्यानलको लज्जाजनक हार र अर्को उपसभापति अच्यूत पौडेलको सभापतिमा उम्मेदवारी घोषणा । यी दुबै परिदृश्यबाट शिव–तीर्थ समूह अचम्मित बनेको छ ।

यसअघि मधु समूहको युवालाई खेलाएर आफु सर्वसम्मत जिल्ला सभापति बन्ने र मधु आचार्य समूहलाई तिररबितर पार्ने ध्याउन्न तीर्थ लामा लागेकै हुन् ।

तर पछि शिवले तीर्थलाई आफ्नै जालमा पारे र थोरै भएपनि मधुको गुट तिररवितर पार्न शिव–तीर्थ समूह सफल भएको मानिन्छ । शिवले तीर्थ लामासँग के आन्तरिक सहमति गरेका छन् । त्यो त दु्बै पक्षले बाहिर सार्वजनिक भएका छैनन् ।

तर पार्टी सभापति शेर बहादुर देउवाको निजी निवास बुढानिलकण्डमा वान टु वान वार्तापछि एकै ठाउँ उभिएका उनीहरुबीच शिवलाई सह महामन्त्री बनाउने सहमति बनेको छ ।

पछिल्लो मत परिणाम हेर्दा शिव समूहबाट सभापतिको उ्रम्मेदवार रहेका तीर्थ लामा निर्वाचन क्षेत्र नम्बर १ बाट १०६० मत सहित केन्द्रीय महाधिवेशनमा निर्वाचित हुनुभएको छ ।

मधु प्यानलका अच्यूत पौडेल निर्वाचन क्षेत्र नम्बर २ बाट ६११ मत ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो । निर्वाचन क्षेत्र नम्बर १ मा १३ सय १४ जना अधिवेशन प्रतिनिधि मध्ये १२ सय ४३ मत खसेको थियो । निर्वाचिन क्षेत्र नम्बर २ मा १२ सय ३० अधिवेशन प्रतिनिधिमा १२ सय १० मत खसेको थियो ।

मत परिणाम हेर्दा सभापतिका उम्मेदवार तीर्थ लामा निकै भारी मतका साथ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । तर जिल्ला अधिवेशनसम्म आइपुग्दा यो मतमा पुरै फेरबदल आउने मधु प्यालनको दाबी छ ।

तीर्थ लामाले नेपाली काँग्रेसमा राजनीति थालेको १० वर्षबितेको छ । अच्यूत पौडेल २०४७ सालदेखि निरन्तर नेपाली काँग्रेसकै विभिन्न तह र तपक्कामा रहेर काम गर्दै आइरहनुभएको छ ।

अधिवेशनका युवा प्रतिनिधि माज तीर्थ लामा अत्यन्तै लोकप्रिय मानिनुहुन्छ । अच्यूत पौडेल सिँगो प्रतिनिधि माज निष्ठा र निसकलंक नेताको रुपमा परिचित हुनुहुन्छ ।

8245
Shares

ट्रेन्डिङ