सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रे काँग्रेस अधिवेशनः मत परिमाणले नेताहरु सशंकित, सभापतिमा पौडेललाई शिव हुमागाईको पनि साथ !

काभ्रे काँग्रेस अधिवेशनः मत परिमाणले नेताहरु सशंकित, सभापतिमा पौडेललाई शिव हुमागाईको पनि साथ !

9695
Shares
काभ्रे काँग्रेस अधिवेशनः मत परिमाणले नेताहरु सशंकित, सभापतिमा पौडेललाई शिव हुमागाईको पनि साथ !

 

काँग्रेस काभ्रेका पुराना नेताहरु अधिवेशनको पछिल्ला मत परिमाणले स शं कि त बनेको पाइएको छ ।

उनीहरु जिल्ला नेतृत्व पनि यहि अवस्थामा चुनिए धेरै काँग्रेसी कार्यकर्ता र शुभेच्छुकहरु लाखापाखा लाग्ने आंकलन गर्न थालेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा शिव–तीर्थ समूह र मधु समूहबीचको मत परिमाणले काँग्रेसभित्रका पुराना नेताहरु निकै संशकित भएको पाइएको हो ।

निर्वाचन क्षेत्र नम्बर १ मा जातिगत मतदान भएको उनीहरुको ठम्याइछ । जसमा शिव हुमागाई पनि सहमत रहेको उनी निकष्टस्थहरु बताउँछन् ।

क्षेत्रीय कार्यसमितिको पदाधिकारीदेखि केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्ममा जातिगत मत खसेको र यसले काँग्रेस काभ्रेलाई दीर्घकालिन असर पार्ने उनीहरुको विश्वास छ । उनीहरुलाई पूर्व जिल्ला सभापति तीर्थ पसखललाई पराजित गराउनु यसैको उपज हो भन्ने गरेको समेत पाइएको छ ।

त्यसै कारण पनि शिव हुमागाई आफ्नै उपस्थितिमा सभापतिको उम्मेदवार घोषणा गरेका तीर्थ लामालाई भन्दा पनि मधु आचार्य खेमाबाट सभापतिका उम्मेदवार घोषणा गरेका अच्यूत पौडेललाई सहयोग गर्ने मनस्थितिमा पुगेको बताइन्छ ।

शिवले सहतमै आएर सहयोग नगरेपछि आफ्ना पक्षका अधिवेशन प्रतिनिधिहरुलाई आन्तरिक सर्कुलर भने गर्न सक्छन् अच्यूत पौडेललाई सहयोग गर्नका लागि ।

हुन त शिव हुमागाई कृष्ण प्रसाद सिटौलाको गुट बोक्नु हुन्छ । शिव हुमागाईले बोकिरहेको एकल गुट धेरै प्रभाव पार्ने खालको छैन् । शेर बहादुर देउवाको गुट बोक्ने तीर्थ लामाको बुई चडेर शिव काभ्रेमा सधै शक्तिशाली बन्दै आइरहनुभएको छ । अहिलेसम्म शिवको यो प्रबृत्तिले ब्यक्तिगत रुपमा उहाँलाई फाइदा नै पुगेको छ । तर पार्टी भने छिन्नभिन्न हुने धेरैको टिप्पणी छ ।

अधिवेशनका युवा प्रतिनिधि माज तीर्थ लामा अत्यन्तै लोकप्रिय मानिनुहुन्छ । अच्यूत पौडेल सिँगो प्रतिनिधि माज निष्ठा र निसकलंक नेताको रुपमा परिचित हुनुहुन्छ । काँग्रेसभित्र जातको राजनीति निकै झाँगिदै जान थालेको छ ।

यसको श्रय भने शिव हुमागाईलाई जाने कयौँ शिवकै समर्थकहरु बताउँछन् । शिवले आफना्े राजनीति सुरक्षित पार्ने नाममा गैरराजनीतिक गतिविधि गरेको उनीहरुको आरोप छ ।

तर कतिपयले भने यो पटक काँग्रेसले जनसंख्याको उचित सम्बोधन गरेको बताउँछन् । वडादेखि क्षेत्रीय कार्यसमितिको अधिवेशनसम्म आइपुग्दा जनसंख्याको आधारमा नेतृत्व प्राप्त भएको उनीहरुको भनाई छ ।

‘बहुमत माथि अल्पमतको नेतृत्व हुनु त्यत्ति राम्रो कुरा होइन् । हामी अहिलेको खालको नेतृत्व यसअघिका अधिवेशनहरुमा पनि देख्न चाहान्थ्यो । यो भन्दा अघि त्यसो हुन सकेन् ।

यो पटक जनसंख्यालाई उचित सम्मान गरिएको छ । यो आवश्यक थियो काभ्रे काँग्रेसका लागि । नाम उल्लेख नगर्ने सर्तमा शिव–तीर्थ प्यानलका एक जना अधिवेशन प्रतिनिधिले भने ।’

9695
Shares

ट्रेन्डिङ