सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेमा जनगणनाको काम शत प्रतिशत सकियो

काभ्रेमा जनगणनाको काम शत प्रतिशत सकियो

3790
Shares
काभ्रेमा जनगणनाको काम शत प्रतिशत सकियो

 

काभ्रे : गएको कात्तिक २५ गतेदेखि सुरु भएको १२ औँ राष्ट्रिय जनगणना काभ्रे सहित देशैभर औपचारिक रूपमा सकिएको छ ।

काभ्रे जिल्लामा सत प्रतिशत नै जनगणनाको काम सकिएको छ । जिल्ला जनगणना कार्यालयका जनगणना अधिकारी दिपक कोइरालाका अनुसार जिल्लाभरबाट डाटा आउनेक्रम जारी छ ।

गणकहरुले फिल्डको काम सबै सकेको कोइरालाले सबैको समाचार डटकमलाई जानकारी दिए । उनका अनुसार आगामी १५ गते भित्र जिल्लामा खटिएका सबै गणकले डाटा जिल्ला जनगणना कार्यालयमा पेश गरिसक्ने छन् ।

त्यसपछि अन्य काम सुरु हुनेछ छ । जिल्लाभर ५ सय ११ जना गणक र १२७ जना सुपरीवेक्षक परिचालित भएका थिए । जिल्लाको धुलिखेल, पनौती, पाँचखाल, भकुण्डेबेसी, कटुन्जेबेसी र भुम्लु गाउँपालिकामा गरी ६ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको थियो ।

गणकले केन्द्रीय तथ्यांक विभागले तयारी गरेको ५५ वटा प्रश्न र अन्य उपप्रश्न गरी ८० वटा प्रश्न फिल्डमा पुगेर टिपोट गरेका छन् । यसैबिच आजसम्म पनि गणनामा विशेष कारणले सहभागी हुन नपाएकाहरूको भने भोलि पनि गणना गरिने तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिएका छन् ।

तर भोलि गणना भए पनि आजसम्मकै तथ्याङ्कलाई आधार मानिने उनको भनाइ छ । विशेष कारणवश गणनामा सहभागी हुन नपाएको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन सकिने छ । नेपाल संघीय संचनामा गएपछि पहिलो जनगणना भएको छ । नेपालमा पहिलो पटक विक्रम सम्बत १९६८ सालमा जनगणना गर्न सुरु गरिएको थियो ।

3790
Shares

ट्रेन्डिङ