सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेस अधिवेशनः यस्तो बन्यो तीर्थ लामाको टिम

काभ्रे काँग्रेस अधिवेशनः यस्तो बन्यो तीर्थ लामाको टिम

10630
Shares
काभ्रे काँग्रेस अधिवेशनः यस्तो बन्यो तीर्थ लामाको टिम

काभ्रे :नेपाली काँग्रेस काभ्रेको जिल्ला अधिवेशनमा शिव प्यानलले आफ्नो जिल्ला कार्यसमितिको उम्मेदवार फाइनल गरेको छ ।

केहिबेर अघि धुलिखेलमा पत्रकार सम्मेलन गरेर शिव प्यानलले आफ्नो टिमलाई पूर्णता दिएको हो । जसमा सभापतिमा तीर्थ लामा, उपसभापतिमा रमेश हुमागाई र ठाकुर प्रसाद न्यौपाने रहनुभएको छ । सचिबमा गुणराज मुक्तान र माधव प्रसाद ढकाल, सहसचिबमा समिर ब्याञ्जु र रविन्द्र सिग्देल रहेका छन् ।

शिव प्यानलले सबै सदस्यहरुको उम्मेदवार पनि घोषणा गरेको छ । सदस्यहरुमा दीपेन्द्र पौडेल, जुल्कु लामा, बलराम कोइराला, बिश्व सापकोटा, दुर्गा प्रसाद अधिकारि, कृष्ण बहादुर लामा, चित्र बहादुर गोले, सन्तोष गौतम, तारा आचार्य, मन्जु घिमिरे, सलाम सिंह लामा रहनुभएको छ ।

अधिवेशन भोली बिहान ७ बजेदेखि बनेपामा सुरु हुने बताइएको छ । अधिवेशनमा सहभागि हुन प्रतिनिधिहरु लगभग बनेपा, धुलिखेल, पनौती लगायनका क्षेत्रमा आएर बसिसकेका छन् । जिल्लामा २५ सय ४४ जना प्रतिनिधि रहेका छन् ।

10630
Shares

ट्रेन्डिङ