सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेस अधिवेशनः मतदान सुरु

काभ्रे काँग्रेस अधिवेशनः मतदान सुरु

5385
Shares
काभ्रे काँग्रेस अधिवेशनः मतदान सुरु

 

काभ्रे: नेपाली काँग्रेस काभ्रेको १४ औ जिल्ला अधिवेशनमा मतदान सुरु भएको छ । बनेपाको चाइना टाउनमा मतदान सुरु भएको हो ।सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ । ढिला गरी सुरू भएकाले रातिसम्मै मतदान हुनेछ ।

 

अधिवेशनमा २५ सय ४४ प्रतिनिधि सहभागी छन् । मतदानका लागि शिव हुमागाई र मधु आचार्य प्यानलका उम्मेदवार मैदानमा छन् । प्रतिनिधि माज उम्मेदवारहरु मत माग्न ब्यस्त देखिन्छन् ।

तीर्थ लामा र अच्युत प्रसाद पौडेल सभापतिमा भिड्दै हुनुहुन्छ ।दुई जना उपसभापति पदका लागि ५ जना उम्मेदवारी परेको छ । गोविन्द्र बहादुर थापा, ठाकुर प्रसाद न्यौपाने, देवराज लामा, रमेश प्रसाद हुमागाई र शंकर दास लामा (राजु) को उम्मेदवारी परेको छ ।

दुई जना सचिबका लागि ४ जनाको उम्मेदवारी परेको छ । कमल बहादुर तामाङ, गुणराज मुक्तान, दिनेश भुर्तेल र माधव प्रसाद ढकालको उम्मेदवारी सचिबमा परेको छ ।

त्यस्तै दुई जना सहसचिबका लागि ४ जनाको उम्मेदवारी परेको छ । बिनोद गौतम, रन्जीब श्रेष्ठ, रविन्द्रनाथ सिग्देल र समीर ब्याञ्जु श्रेष्ठको उम्मेदवारी सहसचिबमा परेको हो ।

दुई जना प्रत्यक्ष तर्फको सदस्यमा ४ को जनाको उम्मेदवारी परेको छ । उत्तम काफ्ले, बद्रिनाथ लुइटेल, बद्रि प्रसाद खकुरेल, र यादव प्रसाद सापकोटा रहनुभएको छ ।

४ जना खस आर्य खुल्ला सदस्य पदमा ८ जनाको उम्मेदवारी परेको छ । ४ जना महिला खस आर्यको पदमा ८ जना, ६ जना खुल्ला तर्फको आदिवासी जनजाति पदमा ११ जनाको उम्मेदवारी परेको छ ।

६ जना खुल्ल तर्फको आदिवासी जनजाति महिला पदमा १२ जनाको उम्मेदवारी परेको छ । एक जना दलित सदस्य पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

शिव प्यानलबाट सभापतिमा तीर्थ लामा, उपसभापतिमा रमेश हुमागाई र ठाकुर प्रसाद न्यौपाने रहनुभएको छ । सचिबमा गुणराज मुक्तान र माधव प्रसाद ढकाल, सहसचिबमा समिर ब्याञ्जु र रविन्द्र सिग्देल रहेका छन् ।

सदस्यहरुमा दीपेन्द्र पौडेल, जुल्कु लामा, बलराम कोइराला, बिश्व सापकोटा, दुर्गा प्रसाद अधिकारि, कृष्ण बहादुर लामा, चित्र बहादुर गोले, सन्तोष गौतम, तारा आचार्य, मन्जु घिमिरे, सलाम सिंह लामा लगायत रहनुभएको छ ।

मधु आचार्य प्यालनबाट सभापतिमा अच्युत प्रसाद पौडेल, उपसभापतिमा गोविन्द थापा र शंखरदास लामा (राजु), सचिबमा कमल तामाङ र दिनेश भुर्तेल, सहसचिबमा रञ्जीब श्रेष्ठ र विनोद गौतम प्रतिस्पर्धामा हुनुहुन्छ ।

5385
Shares

ट्रेन्डिङ