सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एमाले महाधिवेशनको कुरुप पाटो : राजमार्ग ठप्प पार्दा फस्यो एम्बुलेन्स, बिरामीको बेहाल

एमाले महाधिवेशनको कुरुप पाटो : राजमार्ग ठप्प पार्दा फस्यो एम्बुलेन्स, बिरामीको बेहाल

3975
Shares
एमाले महाधिवेशनको कुरुप पाटो : राजमार्ग ठप्प पार्दा फस्यो एम्बुलेन्स, बिरामीको बेहाल

चितवन : नेकपा एमालेको १० औँ महाधिवेशन उद्घाटन कार्यक्रम चितवनको नारायणी किनारामा गर्दा राजमार्ग ठप्प भएको छ । एमाले कार्यकर्ता र सर्वसाधारणले पुर्व–पश्चिम राजमार्ग ठप्प पार्दा एम्बुलेन्सलाई समेत बाटो दिएनन् । जसकारण बिरामी बोकेको एम्बुलेन्स जाममा फसेको छ ।

एम्बुलेन्स जाममा फस्दा बिरामीको अवस्था बिजोग बनेको छ । जामले बिरामीको अवस्था झन् जटिल बनेपछि एम्बुलेन्सबाट निकालेर जाम छिचोल्दै आफन्तले अस्पताल पुर्‍याएको दृश्य इकागजको लेन्समा परेको छ ।

जामकै कारण बिरामीसम्म पुग्न गाह्रो परेको छ । लामो समय पर्खिदा पनि एमाले कार्यकर्ता र सर्वसाधारणले बाटो नछाड्दा एम्बुलेन्स जाममा फसेको हो । अन्ततः बिरामीको अवस्थालाई हेरेर आफन्तले एम्बुलेन्सबाट निकालेर केही समय एम्बुलेन्सको छतमा राखेर आराम दिएका थिए ।

तर अवस्था झन् जटिल बनेपछि उनीहरुले एम्बुलेन्सबाट ओरालेर हिडाउँदै अस्पताल लगिएको दृश्यमा देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने भाषण गरिरहदा नारायणी पुल नजिकै ती बिरामीको बेहाल बनेको थियो ।
-इकागज

3975
Shares

ट्रेन्डिङ