सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रे काँग्रेसको जिल्ला अधिवशेनः मतदान सकियो, लामा र पौडेलमा को बलियो ?

काभ्रे काँग्रेसको जिल्ला अधिवशेनः मतदान सकियो, लामा र पौडेलमा को बलियो ?

8850
Shares
काभ्रे काँग्रेसको जिल्ला अधिवशेनः मतदान सकियो, लामा र पौडेलमा को बलियो ?

 

काभ्रे : नेपाली काँग्रेस काभ्रेको १४ औ जिल्ला अधिवेशनमा मतदान सकिएको छ । ढिला गरी मतदान सुरु हुदाँ सबैभन्दा बढी मारमा प्रतिनिधि परे ।

अधिवेशनमा २५ सय ४४ प्रतिनिधिमा प्राप्त वितरण अनुसार २४ सय ६८ मत मुख्य निर्वाचिन अधिकृत राजेन्द्र लामिछानेले जानकारी दिनुभयो । जिल्ला अधिवेशनमा पूर्व जिल्ला सभापति शिव हुमागाई र हालका सभापति मधु आचार्यको प्यानल प्रतिस्पर्धामा छ । मत गणना भोली बिहानबाट हुने छ ।

निर्वाचन क्षेत्र नम्बर २ को मत परिणाम आउँदासम्म पनि जिल्लामा मधु आचार्य प्यानल निकै निराशजनक अवस्थामा थियो । मधु समूहले शिव–तीर्थ समूहसँग कम्तीमा १५ सय मत सुरक्षित रहेको आँकलन गरेको थियो ।

निर्वाचन क्षेत्र नम्बर १ मा मधु समूहको पत्ता साप हुनु र क्षेत्र नम्बर २ मा पनि कडा प्रतिस्पर्धा हुनुले मधु समूह संकटमा थियो । तर पछिल्लो केहि घण्टामा मधु समूहले आफ्नो अवस्थालाई निकै मजबुद बनाएको बताइएको छ ।

जातिगत रुपमा वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रीय कार्यसमितिको अधिवेशनमा मत आएको विश्लेषण सहित काँग्रेसभित्रको ठूलो तप्काले फ्लोर क्लस गरेको हुन सक्ने अनुमान गरिएको छ ।

यसको सिधा असर शिव–तीर्थ समूहलाई पर्ने देखिन्छ । मतदान गरिसकेका केहि प्रतिनिधिहरुको विचार पनि अघिल्लोदिनको तुलनामा निकै भिन्न पाइएको छ । यसले गर्दा पनि नतिजा सोचेभन्दा फरक आउन सक्ने आँकलन गरिएको छ ।

जिल्ला अधिवेशनमा एक जना सभापति पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । अच्युत प्रसाद पौडेल र तीर्थ लामाले सभापतिमा उम्मेदवारी दिनुभएको छ । दुई जना उपसभापति पदका लागि ५ जना उम्मेदवारी परेको छ ।

गोविन्द्र बहादुर थापा, ठाकुर प्रसाद न्यौपाने, देवराज लामा, रमेश प्रसाद हुमागाई र शंकर दास लामा (राजु) को उम्मेदवारी परेको छ । दुई जना सचिबका लागि ४ जनाको उम्मेदवारी परेको छ । कमल बहादुर तामाङ, गुणराज मुक्तान, दिनेश भुर्तेल र माधव प्रसाद ढकालको उम्मेदवारी सचिबमा परेको छ ।

त्यस्तै दुई जना सहसचिबका लागि ४ जनाको उम्मेदवारी परेको छ । बिनोद गौतम, रन्जीब श्रेष्ठ, रविन्द्रनाथ सिग्देल र समीर ब्याञ्जु श्रेष्ठको उम्मेदवारी सहसचिबमा परेको हो ।

दुई जना प्रत्यक्ष तर्फको सदस्यमा ४ को जनाको उम्मेदवारी परेको छ । उत्तम काफ्ले, बद्रिनाथ लुइटेल, बद्रि प्रसाद खकुरेल, र यादव प्रसाद सापकोटा रहनुभएको छ ।

४ जना खस आर्य खुल्ला सदस्य पदमा ८ जनाको उम्मेदवारी परेको छ । ४ जना महिला खस आर्यको पदमा ८ जना, ६ जना खुल्ला तर्फको आदिवासी जनजाति पदमा ११ जनाको उम्मेदवारी परेको छ ।

६ जना खुल्ल तर्फको आदिवासी जनजाति महिला पदमा १२ जनाको उम्मेदवारी परेको छ । एक जना दलित सदस्य पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

 

8850
Shares

ट्रेन्डिङ