सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेस जिल्ला अधिवेशन: एक तिहाई मत गनेर सकियो, कस्को प्यानल अघि ?

काभ्रे काँग्रेस जिल्ला अधिवेशन: एक तिहाई मत गनेर सकियो, कस्को प्यानल अघि ?

7600
Shares
काभ्रे काँग्रेस जिल्ला अधिवेशन: एक तिहाई मत गनेर सकियो, कस्को प्यानल अघि ?

 

काभ्रे काँग्रेसको १४ औं जिल्ला अधिवेशनमा अहिले मत गणना भैरहेको छ ।

हालसम्म कुल खसेको मतको १ तिहाई मत गणना सकिएको छ । जिल्लामा २५ सय ४४ प्रतिनिधिमा २४ सय ६७ मत खसेको थियो ।

बनेपाको एक पाटी प्यालेसमा मत गणना भैरहेको छ ।सदस्यहरूको मत गणना भैरहेको छ ।

सदस्यहरूको मत गणना सकिएपछि मात्रै पदाधिकारीहरू सुरू हुनेछ । एक तिहाई मत गनिसक्दा सामान्य मत सहित तीर्थ लामाको समूह अग्रता लिईरहेको स्रोतको दाबी छ ।

१० वटा ठाउँमा मतगणना भैरहेको छ । सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ ।

बिहान ८ बजे नै मत गणना सुरू गर्ने बताईए पनि सहमति नहुँदा दिउँसोबाट मात्रै थालिएको छ ।

भोली दिउँसोसम्म सबैको मत गनिसक्ने गरी प्रबन्ध मिलाईएको छ ।

7600
Shares

ट्रेन्डिङ