सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेबाट गोकुल बाँस्कोटा र नबिना लामा बने एमालेको केन्द्रीय सदस्य

काभ्रेबाट गोकुल बाँस्कोटा र नबिना लामा बने एमालेको केन्द्रीय सदस्य

6820
Shares
काभ्रेबाट गोकुल बाँस्कोटा र नबिना लामा बने एमालेको केन्द्रीय सदस्य

 

काभ्रेबाट पूर्व मन्त्री गोकुल बाँस्कोटा र नबिना लामा नेकपा एमालेको केन्द्रीय सदस्य बन्नु भएको छ ।

राति अबेर केपी ओलीले प्रस्ताव गर्नुभएको ३०१ जना केन्द्रीय सदस्यको नाममा उहाँ दुबै जना अटाउनुभएको हो । ओलीले प्रस्ताव गर्नुभएका सबै केन्द्रीय सदस्यको नाममा बन्दसत्रले पारित गरेको छ ।

नबिना लामा अनेरास्ववियूको राजनीतिबाट मुल पार्टी राजनीतिमा प्रदेश गर्नुभएको छ । लामा समानुपातिक कोटाबाट प्रतिनिधि सभामा सांसद समेत हुनुहुन्छ ।

गोकुल बाँस्कोटाले केन्द्रीय सचिब पदका लागि उम्मेदवारी घोषणा गर्नु भएको थियो । तर ओलीले प्रस्ताव गरेको पदाधिकारी नाममा बाँस्कोटाको नाम परेको छैन् ।

९ औँ महाधिवेशनमा प्यानल बनाएर निर्वाचन हुदाँ केन्द्रीय सदस्यमा बाँस्कोटा पराजित हुनुभएको थियो ।

6820
Shares

ट्रेन्डिङ