सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • चोरीको मोटरसाइकल चलाउने काभ्रेका दिलिप प क्रा उ

चोरीको मोटरसाइकल चलाउने काभ्रेका दिलिप प क्रा उ

17420
Shares
चोरीको मोटरसाइकल चलाउने काभ्रेका दिलिप प क्रा उ

 

काठमाडौं : महानगरीय ट्राफिक प्र ह री महाशाखाले नक्कली ब्लुबुक बनाई चोरीका मोटरसाइकल चलाउने दुई जनालाई नियन्त्रणमा लिएको छ।

महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएको टोलीले बौद्धबाट प्रदेश ३ –०२–०१४ प ७८३७ नम्बरको पल्सर मोटरसाइकलको नक्कली ब्लुबुक बनाई चलाउने दुई जनालाई प क्रा उ गरेको हो।

बास्तविक नम्वर परिवर्तन गरि नक्कली ब्लुबुक बनाएर मोटरसाइकल चलाइरहेको अवस्थामा काभ्रे पाँचखाल–४ घर भई बालाजु बस्ने ३० वर्षीय दिलिप राई चालक र पछाडि सवार गोरखा पालुङटार–९ बस्ने २५ वर्षीय नविन कोइरालालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्र ह री वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३ –०२–०११ प ४४०४ हो। प क्रा उ भएको मोटरसाइकल जडीबुटीबाट हराएको भनी दुर्गानारायण श्रेष्ठले हुलियासहितको निवेदन महाशाखामा दिएका थिए।

प क्रा उ परेकाहरूलाई चो री मु द्दामा अ नु सन्धा न तथा का र बा ही का लागि महानगरीय प्र ह री बृत्त नयाँ बानेश्वरमा पठाइएको महाशाखाले जनाएको छ।

17420
Shares

ट्रेन्डिङ