सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेको भुम्लु गाउँपालिकाले दियो विद्यालयको तलबभत्ता रोक्ने चेतावनी

काभ्रेको भुम्लु गाउँपालिकाले दियो विद्यालयको तलबभत्ता रोक्ने चेतावनी

4185
Shares
काभ्रेको भुम्लु गाउँपालिकाले दियो विद्यालयको तलबभत्ता रोक्ने चेतावनी

 

काभ्रे : काभ्रेको भुम्लु गाउँपालिकाले सामुदायीक विद्यालयहरुले लेखा परिक्षण नगरेको भन्दै तलब भत्ता रोक्ने चेतावनी दिएको छ ।

पालिकाले मंगलबार एक सूचना जारी गर्दै पालिकाभित्र संचालित सामुदायीक विद्यालयहरुले लेखा परिक्षण,नगरेको सामाजिक परिक्षण नगरेको पाइएको जनाएको छ ।

त्यस्तै विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको म्याद पनि सकिएकाले आगामी २९ गते भित्र पालिकाको शिक्षा शाखामा पेश गर्न आग्रह गरेको छ ।

उक्त समयावधिभित्र तोकिएका विवरण तथा कागजात पनि पेश नगरे दोस्रो किस्ता दिन नसक्ने पालिकाले सूचनामा उल्लेख गरेको छ ।

 

4185
Shares

ट्रेन्डिङ