सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेका सरोज, जसले भेटाएका यतिधेरै सुन र पैसा फिर्ता गरे

काभ्रेका सरोज, जसले भेटाएका यतिधेरै सुन र पैसा फिर्ता गरे

10205
Shares
काभ्रेका सरोज, जसले भेटाएका यतिधेरै सुन र पैसा फिर्ता गरे

काभ्रे : धुलिखेल नगरपालिका वडा नम्बर १० सारदा बतासेका सरोज भण्डारीले भेटाएको सुन र नगद पैसा सम्बन्धीत धनीलाई फिर्ता गर्नुभएको छ ।

सरोजले धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित देविस्थान डाँडामा बेवारिसे अवस्थामा ब्याग भेटाउनु भएको थियो । उक्त ब्यागमा २ तोला सुन, ५९ हजार नगद र कस्मेटिक सामान थियो । भेटाएको सबै सामान आजै सरोजले सम्बन्धित धनीलाई बोलाएर बुझाएको सरोजका बुबा गोबिन्द भण्डारीले बताउनुभयो ।

ब्यागमा बिवाहको कार्ड थियो । सोहि कार्डमा रहेको नम्बरमा फोन गरेर हराएको सामानका धनी सरोजले पत्ता लगाउनुभएको थियो । उक्त सामान काभ्रेकै मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ का राज वाइबा र प्रतीक्षा वाइबाको रहेको र उहाँहरुलाई बुझाइएको गोबिन्द भण्डारीले बताउनुभयो । सरोजको आज जन्मदिन पनि हो ।

१५ दिन अघि धुलिखेलमा सरोजकी हजुर आमाको घाँटीबाट सुनको सिक्री लुटिएको थियो । उक्त सुनको सिक्री लुटरा अझै प क्रा उ परेका छैनन् । सिसि क्यामेरामा उक्त सिक्री लुटेराको पहिचान भएपनि प्र हरीले अझसम्म प क्रा उ नगरेको हो ।

बनेपाबाट मयुर यातायातमा चढेर धुलिखेल अर्लने क्रममा ७५ बर्षीय सारदा भण्डारीको घाँटीमा रहेको सुनको सिक्री सोहि बसमा आएका लुटेराले लुटेर फरार भएका थिए । १ तोला २२ लालको सिक्री लु ट पा ट भएको हो ।

10205
Shares

ट्रेन्डिङ