सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जनतालाई उद्यमी बनाउने अभियानमा काभ्रेको चौंरीदेउराली

जनतालाई उद्यमी बनाउने अभियानमा काभ्रेको चौंरीदेउराली

3350
Shares
जनतालाई उद्यमी बनाउने अभियानमा काभ्रेको चौंरीदेउराली

जनतालाई उद्यमी बनाउने अभियानमा काभ्रेको चौंरीदेउराल

काभ्रेको चौंरीदेउराली गाउँपालिकाका सयौंलाई उद्यमी बनाउने अभियान दोस्रो वर्ष पनि सञ्चालनमा ल्याएको छ ।

गरीबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्गर्तत गाउँपालिकाले यस्तो अभियान थालनी गरेको हो ।

स्थानीय साधनस्रोतको उपयोग गरी उद्यमी बनाउने अभियान अन्तर्गत बुधबार वडा नं. ९ मा अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले गाउँपालिकाले शिप सिकाएर जनतालाई उद्यमी बनाउने अभियानमा आफूहरु लागिपरेको बताईन् ।

स्थानीय साधन स्रोतबाटै आयअर्जन गरेर स्वरोजगार र उद्यमी बनाएर आर्थिक क्रान्तिमा आफूहरु लागिपर्ने बताउँदै उपाध्यक्ष चौंलागाईंले सिकेको शिप व्यवबहारमा लागु गर्न अनुरोध गरिन् । कम्तीमा २ सय जनालाई उद्यमी बनाउने योजना रहेको उनले बताईन् ।

कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले स्थानीय साधनस्रोत प्रयोग गरेरै उद्यमी बनाउने योजना अनुरुप गाउँपालिकाले यस्तो योजना ल्याएको प्रष्ट पारे ।

आफूहरुकै अनुकुलतामा स्थानीयको चाहना र माग अनुसारको बस्तु उत्पादनमा लाग्न सहभागीहरुलाई अनुरोध समेत गरे ।

कार्यक्रममा वडा अध्यक्ष रामबहादुर लामाले आर्थिक रुपमा आत्मनिर्भर बनाउन आफ्नो वडाका किसानहरुलाई यस्तो कार्यक्रममले निक्कै टेवा पुग्नेमा विश्वास व्यक्त गरे ।

यो योजना अन्तर्गत स्थानीयलाई ३ वर्षभित्रमा उद्यमी बनाउने लक्ष्य रहेको वरिष्ठ उद्यम बिकास सहजकर्ता बीरबहादुर सार्कीले जानकारी दिए ।

यो कार्यक्रममा गाउँपालिकाको वडा नं. १, २, ४ र ९ मा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । अर्को बर्षबाट बाँकी वडामा पनि यो कार्यक्रम सन्चालन हुनेछ ।

गतबर्ष गाउँपालिकाले वडा नं. ५ र ३ बाट शुरु गरेको गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले जानकारी दिइन् ।

शुरु गरेको ती २ वडामा यो वर्ष स्तरबृद्धिको गर्ने कार्यक्रम रहेको उपाध्यक्ष चौंलागाईंले बताईन ।

गतवर्ष वडा नं. ५ मा डलकुशन, अगरबत्ती र बाख्रापालनको लागि २०-२० जना स्थानीय किसान छनौटमा परेका थिए ।

त्यस्तै वडा नं. ३ मा बाख्रापालन र वंगुर पालन कार्यक्रम सन्चालन भइरहेको छ । यहाँ पनि सोही संख्यामा स्थानीय किसान छनौटमा परेका छन् ।

कार्यक्रममा उद्यम विकास सहजकर्ता निर्मला शाही, माओवादी केन्द्रका वडा अध्यक्ष भिमनाथ चौंलागाईं, उपाध्यक्ष भिमबहादुर तामाङ लगायतका सहभागी थिए ।

कार्यक्रम वडा अध्यक्ष लामाको सभापतित्व र स्थानीय सरोज लामाको सञ्चालनमा भएको थियो ।

3350
Shares

ट्रेन्डिङ