सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कांग्रेस प्रदेश अधिवेशन : सबै प्रदेशमा उममेदवारको मनोनयन आज, भोलि मतदान

कांग्रेस प्रदेश अधिवेशन : सबै प्रदेशमा उममेदवारको मनोनयन आज, भोलि मतदान

3925
Shares
कांग्रेस प्रदेश अधिवेशन : सबै प्रदेशमा उममेदवारको मनोनयन आज, भोलि मतदान

 

काठमाडौँ,  मंसिर १७ : सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज शुक्रबार सात वटै प्रदेशमा उममेदवारको मनोनयन दर्ता हुँदैछ ।

 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन भइसकेको छ ।आज उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको छ भने भोलि शनिबार मतदान हुनेछ ।

१६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गरेका थिए । तर, प्रदेश नम्बर १ मा उद्घाटन सत्र हुन सकेन। प्रदेश १ मा आज बिहान उद्घाटन सत्र हुँदैछ ।

त्यहाँ पनि आज नै उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ । मुलुक संघीयता गएपछि कांग्रेसको पहिलो प्रदेश कार्यसमिति गठन हुन लागेको हो ।

 

3925
Shares

ट्रेन्डिङ