सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

3835
Shares
नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

 

काठमाडौँ : नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ ।

जसकारण शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना पनि रहेको छ । राति कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीमा हल्का वर्षाको सम्भावना छ ।

शनिबार प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

3835
Shares

ट्रेन्डिङ