सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कांग्रेस महाधिवेशन : प्रदेश समिति नेतृत्वको लागि आज चुनाव, कहाँ कस्तो प्रतिस्पर्धा ?

कांग्रेस महाधिवेशन : प्रदेश समिति नेतृत्वको लागि आज चुनाव, कहाँ कस्तो प्रतिस्पर्धा ?

2750
Shares
कांग्रेस महाधिवेशन : प्रदेश समिति नेतृत्वको लागि आज चुनाव, कहाँ कस्तो प्रतिस्पर्धा ?

 

काठमाडौँ, मंसिर १८ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश समितिको लागि आज चुनाव हुँदैछ । प्रदेश-२ बाहेकका ६ प्रदेशमा हिजो उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

प्रदेश नेतृत्वको लागि विभिन्न समूहले आफ्नो अनुकूल हुने गरी सहकार्य गरेका छन् । संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । प्रदेश-१ मा संस्थापन पक्षलाई नेता कृष्णप्रसाद सिटौला समूहले सहयोग गरेको छ ।

सभापतिमा संस्थापन इतर समूहबाट गुरु घिमिरे र संस्थापन इतर समूहबाट उद्धव थापाले उम्मेदवारी दिएका छन् । वाग्मती प्रदेशको सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ ।

संस्थापन समूहबाट मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका पूर्वसभापति जगदीश्वर नरसिंह केसी उम्मेदवार बनेका छन् । त्यस्तै नेता भीमसेनदास प्रधानले पनि प्रदेश सभापतिमा उम्मेदवारी दिनुभएको छ ।

गण्डकी प्रदेशमा संस्थापन समूहबाट प्रदेश सभापतिमा केन्द्रीय सदस्य अर्जुन जोशी र संस्थापन इतर समूहबाट शुक्रराज शर्माले उम्मेदवारी दिएका छन् ।

लुम्बिनी प्रदेश सभापतिका लागि सांसद भरत शाह र रोल्पा जिल्ला पूर्वसभापति अमरसिंह पुनबीच प्रतिस्पर्धा हुने भएको छ । शाह संस्थापन समूहका र पुन संस्थापन इतर समूहबाट प्रदेश सभापतिका उम्मेदवार बनेका हुन् ।

यस्तै कर्णाली प्रदेशको सभापतिका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विमलेन्द्र निधि पक्षबाट एक/एक जना गरी तीन जनाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

देउवा पक्षबाट ललितजङ्ग शाही, पौडेल पक्षबाट भूपेन्द्रजङ्ग शाही र निधि पक्षबाट मोतीराज बमले प्रदेश सभापतिमा मनोनयन दर्ता गरेका हुन् ।

कर्णाली प्रदेशमा सभापतिको लागि संस्थापन समूहले केन्द्रीय सदस्य वीरबहादुर बलायर र संस्थापन इतर पक्षका नारायण मिश्रले उम्मेदवारी दिएका छन् ।

प्रदेश-२ का केही जिल्लामा भने प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न नहुँदा कार्यतालिका अनुसार प्रदेश अधिवेशन हुन नसेकेको हो ।

प्रदेश-२ मा बिहीवार अधिवेशन उद्घाटन भए पनि निर्वाचन प्रक्रिया सुरु भएको छैन । सप्तरी, महोत्तरी र सर्लाही जिल्लामा क्षेत्रीय अधिवेशन नै हुन नसकेका कारण निर्वाचन समितिले आफ्नो कामलाई अघि बढाउन नसकेको हो ।

कांग्रेसको प्रदेश अधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्रीको चयन हुनेछन् ।

 

2750
Shares

ट्रेन्डिङ