सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काँग्रेस बागमतीमा ब्यालेटको घमासान शुरु

काँग्रेस बागमतीमा ब्यालेटको घमासान शुरु

3660
Shares
काँग्रेस बागमतीमा ब्यालेटको घमासान शुरु

 

नेपाली काँग्रेस बागमती प्रदेश समिति चयनका लागि मतदान शुरु भएको छ । शनिवार दिउँसो ३ बजेबाट मतदान प्रक्रिया शुरु गरिएको निर्वाचन समितिका सदस्य रामकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बागमती प्रदेश अधिवेशनका क्रममा शनिबार बिहानैबाट मतदान गर्ने तयारी थियो । तर,समयमै मतपत्र छापाखानाबाट प्राप्त नभएकाले ढिलाई भएको हो । मतदान प्रक्रिया ढिलाई भएपछि काँग्रेसका मतदाताले अधिवेशनस्थल वन विज्ञान अध्ययन संस्थान हेटौँडाको गेटमा नाराजुलुश गरेका थिए ।

निर्वाचनमा सभापतिका लागि तीन आकांक्षीले उम्मेदवारी दिनुभएको छ । जगदीशनरसिंह केसी, इन्द्रबहादुर बानियाँ र भीमसेन दास प्रधानले सभापतिका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । देउवा पक्षका बानियाँ,रामचन्द्र पौडेल पक्षका केसी र सिटौला पक्षका प्रधानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

स्रोतका अनुसार पहिलो चरणको निर्वाचनमा यी तीनमध्ये कसैले पनि बहुमत प्राप्त गर्न सक्ने अवस्था छैन । दोस्रो चरणको निर्वाचनमा केसी र प्रधान मिलेर बानियाँबिरुध्द उठ्ने र बहुमत हासिल गर्ने रणनीति संस्थापन इतर समूहको रहेको स्रोतको भनाई छ ।

चुनावका लागि संस्थापन इतरका महामन्त्री प्रकाशमान सिंहसहित अर्जुननरसिंह केसी,रामशरण महत,गगन थापालगायत केन्द्रीय नेताहरु तीन दिन यता हेटौँडामा बस्नु भएको छ । संस्थापन पक्षका भने प्रकाशशरण महत र महालक्ष्मी उपाध्याय (डिना) लगायतका नेताहरुले नेतृत्व गरिरहेको स्रोत बताउँछ ।

अधिवेशनमा १३ जिल्लाका २१ सय ३७ जना मतदाताले मत हाल्न पाउँछन् । अधिवेशनबाट दुई उपसभापति,दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री गरी कूल ९१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।

 

3660
Shares

ट्रेन्डिङ