सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • ‘नेकपा (एस) ओलीको पार्टी भन्दा ठूलो हुन्छ’ : मन्त्री विरोध खतिवडा

‘नेकपा (एस) ओलीको पार्टी भन्दा ठूलो हुन्छ’ : मन्त्री विरोध खतिवडा

3745
Shares
‘नेकपा (एस) ओलीको पार्टी भन्दा ठूलो हुन्छ’ :  मन्त्री  विरोध खतिवडा

काभ्रे : नेकपा (एकीकृत समाजवादी) का सचिब एवं स्थायी कमिटी सदस्य विरोध खतिवडाले आगामी निर्वाचनमा आफ्नो पार्टी एमाले भन्दा निकै ठूलो हुने दावी गर्नुभएको छ ।

आज रोशी गाउँपालिका वडा नम्बर ६ मा नेकपा (एकीकृत समाजवादी) वडा भेलालाई सम्बोधन गर्दै उहाँले ओलीको पार्टी एमाले कम्युनिष्ट आर्दश र सिद्धान्तबाट च्युत भएकाले आगामी निर्वाचनमा आफ्नोले स्वभाविक रुपमा ठूलो हुने दाबी गर्नुभएको हो ।

‘म नेकपा (एकीकृत समाजवादी) यतिनै सिट ल्याउँछ भनेर त अहिल्यै भन्न सक्दिन । तर एमाले भन्दा पक्कै पनि ठूलो पार्टी भन्ने छ । तपाईहरू ढुक्कसंग लाग्नुस् । तपाईहरू हामी निराश हुन दिने छैनौँ । सचिब खतिवडाले भन्नुभयो ।’

सचिब खतिवडाले आफु नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्नुको कारण बताउँदै यो पार्टीले आम जनताको भावना विपरित कुनै पनि काम नगर्ने ठोकुवा गर्नुभयो ।

‘मलाई कुनै वाहुला कुकुरले टोकेको छैन् । म मकवानपुरबाट पटक पटक निर्वाचित हुँदै आएको मान्छे, यो पटक एमालेमै बसेको भए सकिने थिए । (एस) पार्टीमा लागेपछि आनन्दको सास फेर्न पाएको छु । सचिब खतिवडाले भन्नुभयो ।’

सचिब खतिवडाले केपी ओलीको पार्टी एमालेलाई ‘नो’ को संज्ञा दिनुभयो । ‘हाम्रो पार्टीलाई विभिन्न मिडियाले विभिन्न उपनाम दिईरहेका छन् । धेरैले मावध कुमार नेपालको (एस) पार्टी भन्ने गर्छन् । हो यो एस पार्टी नै हो । एमाले ‘नो’ पार्टी हो । यो उनीहरूको ब्यवहारले प्रष्ट पारिसकेको छ । खतिवडाले भन्नुभयो ।’

 

3745
Shares

ट्रेन्डिङ