सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कतारमा नेपाली युवकको ह त्या

कतारमा नेपाली युवकको ह त्या

2455
Shares
कतारमा नेपाली युवकको ह त्या

 

रोल्पा : वैदेशिक रोजगारको लागि कतार पुगेका रोल्पाका एक युवकको ह त्या भएको छ ।

रोल्पा लुंग्री गाउँपालिका–५ पुरोनोबोज्याङ बडाचौरका ओमबहादुर घर्तीमगरको गत कात्तिक २८ गते ह त्या भएको परिवारले जनाएको छ । ओमबहादुरकी पत्नी नवीनाका अनुसार कात्तिक २८ गतेदेखि श्रीमान सम्पर्कविहीन भएको र त्यसै दिन ह त्या गरिएको हुनसक्ने आशंका गरेकी छन् ।

घ ट नाबारे थप जानकारी पाउन र दोषीमाथि कारवाही गर्न माग गर्दै नवीनाले काठामाडौंस्थित परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागमा उजुरीसमेत दिएकी छन् ।

उनका अनुसार रोल्पा मिझिङ घर भएका श्रीमानसँगै एउटै कोठामा बस्दैआएका गोपाल घर्ती क्षेत्रीसँग सामान्य विवाद भएको र त्यसै कारणले भान्सा अलग गरेको ओमबहादुरले पहिल्यै जानकारी दिएका थिए ।

‘पहिले श्रीमानसँग साथै बसेको र पछि विवाद भएपछि भान्सा र कोठा अलग्गै गराएको खबर गर्नुभएको थियो’ निवेदनमा उनले भनेकी छन्, ‘कात्तिक २९ गते सोही व्यक्तिबाट चक्कु प्र हा र गरी ह त्या भएको जानकारी आयो ।’

ओमबहादुरले सरकारबाट २०७७ फागुन १७ मा श्रम स्वीकृति लिई कतारको दोहास्थित ताडमुर रुफ्स एन्ड पुल्स डब्लु एल एल भन्ने कम्पनीमा काम गर्न पुगेका थिए । करिब सात महिनाअघि ओमबहादुर राजधानीस्थित गल्फ एशिया म्यान पावर कम्पनी प्रालि मार्फत् कामदार भिसामा कतार पुगेका थिए ।

तर ह त्याको खबर पाएपछि घरमा रहेका श्रीमती, साना छोराछोरी र बृद्ध बाआमा मुर्छित् छन् । ओमबहादुरका ठूलोबाका छोरा सुन्दर घर्तीमगरले ओमबहादुरको ह त्या भएको खबर पाएपछि परिवार र गाउँ नै शोकमा डुबेको बताए ।

ओमबहादुरकी पत्नी नवीनाले कन्सुलर विभागलाई पत्र लेख्दै मृ त कको श व नेपाल ल्याइदिन र दोषीमाथि कारवाही गर्न माग गरेकी छन् । सुन्दरका अनुसार मृ त क को श व नेपाल पठाउन कतारस्थित नेपालीहरूको संस्था रोल्पाली सेवा समाज र नेपाली दूतावासले पहल गरिरहेका छन् ।

ह त्याको आरोप लागेका गोपाल घर्ती क्षेत्रीलाई त्यहाँको प्र ह रीले नियन्त्रणमा लिइसकेको छ भने अ नु सन्धा न गरिरहेको सुन्दरले बताए । गोपालले ओमबहादुरको ह त्या गरेको स्वीकारसमेत गरिसकेको नवीनाले बताइन् ।

 

2455
Shares

ट्रेन्डिङ