सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी

कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी

5040
Shares
कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी

हेटौंडा – कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन् ।

संस्थापन पक्ष सभापति शेरबहादुर देउवा पक्षका बानियाँले १०८५ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रत्यासी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे ।

बानियाँले १५८ मतान्तरले केसीलाई सभापतिमा पराजित गरेका हुन् ।
शनिबार भएको निर्वाचनमा प्रदेश सभापतिको लागि ५० प्रतिशत बढी मत ३ जना उम्मेदवारले ल्याउन नसकेपछि आज फेरि मतदान भएको थियो ।

आज दिउँसो साढे १ बजे दोस्रो चरणको मतदान भएको थियो ।

5040
Shares

ट्रेन्डिङ