सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काँग्रेस महामन्त्रीमा काभ्रेका बादे विजयी

काँग्रेस महामन्त्रीमा काभ्रेका बादे विजयी

4835
Shares
काँग्रेस महामन्त्रीमा काभ्रेका बादे विजयी

 

 

काँग्रेस बागमती प्रदेश कार्यसमितिको महामन्त्री पदमा काभ्रेका कन्चन चन्द्र बादे विजयी हुनुभएको छ ।

आज बिहान सकिएको मत गणना अनुसार ९९५ मत सहित महामन्त्रीमा विजयी हुनुभएको हो ।

त्यस्तै अर्का महामन्त्रीमा राजु श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ९१० मत प्राप्त गर्नुभएको छ ।

दुई जना महामन्त्रीका जनाको ६ उम्मेदवारी परेको थियो । बागमती प्रदेश कार्यसमितिको उपसभापतिमा मोहन बहादुर बस्नेत र चन्द्र महर्जन विजयी हुनुभएको छ ।

बस्नेतले १०५९ र महर्जनले १०३७ मत प्राप्त गर्नुभएको छ । दुई जना उपसभापतिका लागि चार जना प्रतिस्पर्धामा थिए ।

कुल २०६९ मत खसेको थियो । महिला उप महामन्त्री जीवन डंगोल विजयी हुनुभएको छ ।

एक जनाको पदमा ३ जना प्रतिष्पर्धामा थिए । डंगोलले ९४९ मत ल्याउनुभएको हो ।

त्यसैगरी खुल्ला तर्फको उप महामन्त्रीमा ऋषिराम घिमिरे र हरि शरण श्रेष्ठ विजयी हुनुभएको छ ।

घिमिरेले ९१६ र श्रेष्ठले ८३९ मत ल्याउनुभएको निर्वाचन समितिले जनाएको छ ।

4835
Shares

ट्रेन्डिङ