सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेको देविटार स्वास्थ्य चैकी भवनको शिलान्यास

काभ्रेको देविटार स्वास्थ्य चैकी भवनको शिलान्यास

3665
Shares
काभ्रेको देविटार स्वास्थ्य चैकी भवनको शिलान्यास

 

काभ्रेको धुलिखेल नगरपालिका वडा नं १ देविटारमा स्वास्थ्य चैकी भवनको शिलान्यास गरिएको छ ।

आज धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले उक्त स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन् । आरोग्य शहर, धुलिखेल नगर नारा लिएर धुलिखेलका सबै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण गर्ने धुलिखल नगरपालिकाको नीति छ ।

सोहि नीति अन्तर्गत वडा नं १ मा आज स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको हो । जनआदर्श निर्माण सेवा काभ्रेले असार २०७८ असार पाँच गते उक्त स्वास्थ्य चौकी निर्माणको ठेक्का पाएको हो । उक्त कम्पनीले यहि माघ ३० गतेभित्र सक्नुपर्ने छ ।

कुल लागत ४२ लाख ३५ हजार ६३५ रहेको स्वास्थ्य चौकी सुविधा सम्पन्न हुने र वडाका सबै नागरिक लाभान्वित हुने नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख ब्याञ्जुले विकासका काममा राजनीति बढेको भन्दै राम्रको कामको प्रसंसा गर्न आग्रह गरे ।देविटार विकासमा धेरै पछि रहेको भन्दै एकताको खाँचो रहेको बताए ।

उनले देविटारमा गरिबी,बालबिबाह,स्वरोजगार गरि तीन वटा मुख्य समस्या रहेको बताए । उनले यसका लागि पनि आफूले पहल गरिरहेको बताए । यी समस्याबाट पनि देविटारले छिट्टै निकास पाउने उनको भनाई छ।

त्यस्तै कार्यक्रममा धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप के.सी.ले जनप्रतिनिधिले उत्सुकताका साथ प्राथमिकतामा राखेको बताए । त्यसलाई सार्थकता दिन सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाई छ ।

3665
Shares

ट्रेन्डिङ