सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विमान दुर्घटनामा परि ज्यान गुमाएका खेलाडीलाई उपाधि

विमान दुर्घटनामा परि ज्यान गुमाएका खेलाडीलाई उपाधि

3095
Shares
विमान दुर्घटनामा परि ज्यान गुमाएका खेलाडीलाई उपाधि

ब्राजिल – ब्राजिलियन फुटबल क्लब च्यापेकोएन्सलाई कोपा सुडअमेरिकानाको उपाधि प्रदान गरिएको छ । यस प्रतियोगिताको फाइनल खेल्न गइरहेको टोलीको विमान गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । साउथ अमेरिकन फुटबल कन्फेडरेसनले क्लबलाई उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
161129000843-cnnee-chapecoense-futbol-equipo-exlarge-169
विमान दुर्घटनामा ७१ जनाले ज्यान गुमाएका थिए । जसमा १९ खेलाडी र क्लबका स्टाफहरु रहेका थिए । उनीहरु चढेको विमान फाइनलको पहिलो लेग खेल्न कोलम्बियाका लागि उडेको थियो ।
फाइनलमा उनीहरुको प्रतिद्वन्द्वी रहेको कोलम्बियाली क्लब एथ्लेटिको न्यासिनोलले नै च्यापेकोएन्सलाई उपाधि दिन आग्रह गरेको थियो । न्यासिनोललाई यस बापत फेयर प्लेको अवार्ड प्रदान गरिएको छ ।
च्यापेकोएन्सले उपाधिबापत २० लाख डलर प्राप्त गर्नेछ भने एथ्लेटिको न्यासिनोलले १० लाख डलर प्राप्त गर्नेछ । च्यापाकोएन्सका उपाध्यक्ष इभान टोजोले यस निर्णयको स्वागत गर्दै यसलाई विमान दुर्घटनामा ज्यान गुमाएका खेलाडीहरु प्रति श्रद्धाञ्जली हुने बताएका छन् ।
दुर्घटनामा ६ जना बाँच्न सफल भएका छन् । जसमध्ये तीन जना खेलाडी पनि रहेका छन् । दुर्घटनाको कारणबारे अझै छानविन भइरहेको छ ।
शनिबार ज्यान गुमाएका खेलाडीहरुको च्यापेको सहरमा अन्तिम संस्कार गरिएको थियो ।

3095
Shares

ट्रेन्डिङ