सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काभ्रेको धुलिखेल २ मा निशुल्क स्वास्थ्य शिविर हुँदै

काभ्रेको धुलिखेल २ मा निशुल्क स्वास्थ्य शिविर हुँदै

8365
Shares
काभ्रेको धुलिखेल २ मा निशुल्क स्वास्थ्य शिविर हुँदै

 

काभ्रेको धुलिखेल नगरपालिका २ मा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

धुलिखेल नगरपालिका वना नं २ को आयोजना, सारथी बहुउद्धेश्य सहकारी संस्था तथा सारथी फाउण्डेशन समन्वय र काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा एकदिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हो ।

शिविर सेतिदेवी मा.वि ब्लक ए मा शुक्रबार बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म संचालन हुने छ ।शिविरमा जनरल मेडिसिन,प्रसुति तथ स्त्री रोग सेवा,नाक,कान,आँखा तथा घाँटी को परिक्षण गरिने वडा अध्यक्ष देव प्रसाद कोइरालाले जानकारी दिए ।

त्यस्तै हाड जोर्नी तथा नसा,छाला तथा यौ न रोग,दन्त र बाल रोग सम्बन्धि सम्पूर्ण समस्याको निशुल्क सेवा दिन लागेको उनको भनाई छ ।

 

 

8365
Shares

ट्रेन्डिङ