सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा आज ४ जना को रो ना संक्रमित थपिए

काभ्रेमा आज ४ जना को रो ना संक्रमित थपिए

3495
Shares
काभ्रेमा आज ४ जना को रो ना संक्रमित थपिए

 

 

काभ्रे जिल्लामा आज ४ जनामा को रो ना भाइसरको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन गरी १०७ जनामा गरिएको परिक्षणमा ४ जनामा को रो ना देखिएको हो ।

त्यस्तै आज को रो नाका कुनै पनि बिरामी निको भएका छैनन् । हालसम्म जिल्लामा सं क्र मणमुक्त हुनेको संख्या १४ हजार ५७८ जना छ । आज को रो नामुक्त हुुनेको संख्या शून्य भए पनि सक्रिय संक्रमितको संख्या भने बढेको छ ।

जिल्लामा अहिले ३७ जना को रो नाका सक्रिय संक्रमित रहेका छन् । यो संख्या हिजो ३३ थियो । सबैभन्दा धेरै को रो नाका सक्रिय विरामी बनेपा नगरपालिकामा छन् ।

बनेपामा अहिले १६ जना को रो नाका सक्रिय वि रा मी रहेका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै धुलिखेलमा ११, पनौती नगरपालिकामा ७, र भुम्लु गाउँपालिकामा ३ जना सक्रिय सं क्र मित रहेका छन् । संक्रमित सबैजना होम आइसोलेशनमा छन।

यसैबिच पछिल्लो २४ घण्टामा जिल्लाका ३०२ जनाले को रो नावि रु द्धको खोप लगाएका छन् । बनेपा नगरपालिका नमोबुद्ध नगरपालिका रोशी गाउँपालिकामा गरी ३०२ जनाले खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तम राज सेढाईँले जानकारी दिए ।

ती मध्ये २२५ जनाले दोस्रो र ७७ जनाले पहिलो मात्रा खोप लगाएका हुन् । जिल्लामा अहिले कोभिशिल्ड, अस्ट्रजेनिका र भेरोसेल खोप लगाइरहेको स्वास्थ्य प्रमुख सेढाईले जानकारी दिए ।

 

3495
Shares

ट्रेन्डिङ