सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेका युवा र विद्यार्थीले औल्याए ‘भ्रष्टाचारका कारण’

काभ्रेका युवा र विद्यार्थीले औल्याए ‘भ्रष्टाचारका कारण’

3315
Shares
काभ्रेका युवा र विद्यार्थीले औल्याए ‘भ्रष्टाचारका कारण’

 

काभ्रेका युवा र विद्यार्थीले भ्रष्टाचार न्यूनिकरणका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज धुलिखेमा जिल्ला युवा समिति काभ्रे र सामुदायिक सारथीले आयोजना गरेको अन्तराष्ट्रिय भ्रष्टचार विरुद्धको दिवसका अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि युवा र विद्यार्थीले भ्रष्टाचार न्यूनिकरणका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।

कार्यक्रममा जिल्ला युवा समिति काभ्रेका अध्यक्ष प्रकाश रोक्काले नेपालमा भ्रष्टाचारको अवस्था, भ्रष्टाचार हुनुका कारण र समाधानका उपाय बताउनुभएको थियो ।

अध्यक्ष रोक्काले लामो समयदेखि नेपालमा जकडिएको भ्रष्टाचार कम गराउन युवाहरुको विशेष भूमिका रहेको बताउनुभयो । उहाँले भ्रष्टाचारका विरुद्धमा बोल्न, लेख्न र छलफल चलाउन युवा विद्यार्थीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागि अनेरास्ववियू (समाजवादी) काभ्रेका अध्यक्ष बदन भण्डारीले युावहरुलाई उत्पादनसँग जोडेर सक्षम बनाउन सके हालको भ्रष्टाचार स्वभाविक रुपमा कम हुने दाबी गर्नुभयो ।

‘अहिले भ्रष्टाचार बढ्नुका कारण बढी महत्वकांक्षी हुनु पनि हो । यसका लागि युवालाई रोजगार र उत्पादनमुखी बनाउन आवश्यक छ । राज्यले शिक्षा र स्वास्थ्यमा निःशुल्क गरिदिने हो भने अहिलेको भ्रष्टाचार निकै कम हुन्छ । अध्यक्ष भण्डारीले भन्नुभयो ।’

एमालेको अनेरास्ववियु काभ्रे जिल्ला कमिटीका अध्यक्ष गोविन्द उप्रेतीले राज्य बलियो नहुँदा भ्रष्टाचार मौलाएको बताउनुभयो । ‘यदि राज्य बलियो हुने हो भने भ्रष्टाचार स्वतः कम हुने छ ।

सरकारले सेवामा घुसको अन्त्य गर्न छिटो र छरितो सेवा राज्यले ब्यवस्था गर्नुपर्छ । नागरिक पनि सुशुचित हुन आवश्यक छ । नागरिकलाई सुशुचित गराउन युवा विद्यार्थी लाग्नुपर्छ । अध्यक्ष उप्रेतीले भन्नुभयो ।’

युवा उद्यमी कल्पना विश्वकर्माले अधिकांश सरकारी निकायहरुमा भ्रष्टाचार रहेको भन्दै यसलाई कम गराउन सबै पक्ष लाग्नु पर्ने बताउनुभयो । ‘भ्रष्टाचार नभएको ठाउँ पाउन सायदै मुस्किल छ । सबै क्षेत्र अस्तब्यस्त छन् । यसलाई अभियानकै रुपमा लैजाने हो भने मात्रै भ्रष्टचार कम हुन सक्छ । नत्र निकै गाह्रो पर्छ । विश्वकर्माले भन्नुभयो ।

युवा सञ्जिव न्यौपानेले नीतिगत रुपमा हुने भ्रष्टचार कम गराउन सबै सरकारी काम विद्यूतीय प्रणाली अन्तर्गत गर्नु पर्नेमा जोड दिनुभयो । ‘पहिलो कुरा युवाहरुले भ्रष्टाचार नगर्ने अठोट गर्नु पर्दछ । त्यसलाई ब्यवहारमा लागु गर्नुपर्छ । अर्को भनेको नीतिगत भ्रष्टाचार रोक्न सबै जसो काम विद्यूतीय प्रणालीबाट गर्नुपर्दछ । न्यौपानेले भन्नुभयो ।’

कार्यक्रममा जिल्लाका क्रियाशिल राजनीतिक दलका युवा र विद्यार्थी संगठनका प्रमूख तथा प्रतिनिधि, सामुदायिक सारथीका जिल्ला संयोजक भेष बहादुर दनुवार, सञ्चारकर्मी सहभागि थिए ।

 

3315
Shares

ट्रेन्डिङ