सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कमिसन, लुटतन्त्र र भ्रष्टाचर बिरुदको आन्दोलन सुरु

कमिसन, लुटतन्त्र र भ्रष्टाचर बिरुदको आन्दोलन सुरु

7680
Shares
कमिसन, लुटतन्त्र र भ्रष्टाचर बिरुदको आन्दोलन सुरु

कमिसन, लुटतन्त्र र भ्रष्टाचर बिरुदको आन्दोलन सुरु गोकर्णेश्वर नगरपालिकाबाट सुरु भएको छ । नगरपालिकामा व्यापक भ्रष्टाचार, कमिसन र लुटतन्त्र भएको भन्दै त्यहाँका सामाजिक गोकर्णेश्वर नगरपालिकाका युवाहरुले आन्दोलन शुरु गरेका छन् ।
बिकास निर्माणमा ढिला सुस्ती, कार्यक्रम पहुँचवाललाई भएको लक्षित बर्गसम्म नपुगेको भन्दै आन्दोलनको तयारी गरेको सुदर्शन बजगाई तथा जय नेपाल समाजिक यवा संस्थाका अध्यक्ष राजु सुनारले जानकारी दिए । नगरपालिकाले नक्सा पास गर्न र घर निर्माण सम्पन्न गर्न लाखौँ भ्रष्टाचार भएको छ । जसले गर्दा हामीहरुले भेला कार्यक्रम गरेको सुनारले थपे ।
एकल महिलालाई धेरै हेपीएका छन् । यस्तो व्यवहार गर्ने कर्मचारीहरुले सामाजिक सुरक्षा भक्ता र लक्षित वर्गको रकम कसरी र कहाँ कहाँ खर्च भयो कार्यक्रममा उपस्थित पुस्पा लिम्बु भनिन् । साथमा बिहानी एकल महिला समुहकी अध्यक्ष जुमा लामाले आफुहरुले कार्यक्रम गर्न जाँदा पछी सहयोग गर्छु भनेर टालटुल गरेको र कार्यकारी अधिकृतले पछि बेवास्ता गरेको बताइन् ।
pis-720x428सामाजिक अभियानता शान्ती श्रेष्ठले अहिले नगरपालिकाले लक्षित बर्गको कार्यक्रम संबंधित कार्यालयलाई जिम्मा लगाएर नगरवासीलाई दुख दिन खोजेकोले त्यस खाले निर्णयको अभिलम्ब खारेजीको माग गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले आफुले भोगेको अनुभव सुनाएका थिए । कार्यक्रमको बारेमा बोल्दै जय नेपाल सामाजिक युवा संस्थाका अध्यक्ष राजु सुनारले भेला समापन गरेका थिए । भेलाले पहिलो चरणमा ज्ञापनपत्र बुझाउने र त्यसपछि पनि मागको सुनुवाइ नभए आन्दोलनको आँधिबेरी सिर्जना गर्ने बताएका छन् ।

7680
Shares

ट्रेन्डिङ