सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बृहस्पतिभन्दा ११ गुणा ठूलो ग्रह भेटियो

बृहस्पतिभन्दा ११ गुणा ठूलो ग्रह भेटियो

7215
Shares
बृहस्पतिभन्दा ११ गुणा ठूलो ग्रह भेटियो

 

सान्तियागो : चिलीका वैज्ञानिकले अन्तरिक्षमा एउटा विशाल ग्रह पत्ता लगाएका छन्। यो ग्रह हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिभन्दा ११ गुणा ठूलो छ।

यो ग्रहले दक्षिणी आकाशमा दुईवटा चम्किला ताराको परिक्रमा गरिरहेको छ। यसलाई ‘बी सेन्तौरी’ नाम दिइएको छ।

यसले विश्वभरका वैज्ञानिकलाई आश्चर्यचकित पारेको छ। यो खोजले ग्रहहरूको निर्माण र विकासको प्रचलित मान्यतालाई चुनौती दिएको मानिएको छ।

बी सेन्तौरी पृथ्वीबाट करिब ३ सय २५ प्रकाश वर्ष टाढा छ। ग्यासले भरिएको यो ग्रहको कक्ष बृहस्पतिको कक्षभन्दा सय गुणा फराकिलो छ।अझै रहस्यमय त के छ भने बी सेन्तौरी त्यहीँ बनेको ग्रह देखिन्छ। अहिलेसम्म सबै ग्रह ताराबाट टुक्रिएर बनेका मानिन्छ।

नेचर जर्नलमा बुधबार प्रकाशित यो अध्ययनमा खगोलविद्हरूले आफ्नो खोजको पूर्ण विवरण दिएका छन्।ग्यासले भरिएको ग्रह एउटा ताराको वरिपरि फेला परेको यो पहिलोपटक हो। यो हाम्रो सूर्यभन्दा पनि ३ गुना ठूलो छ।

मार्कस जन्सन र उनको टोलीले चिलीस्थित युरोपेली टेलिस्कोपको सहयोगबाट यो ग्रह पत्ता लगाएका हुन्।जन्सनले भने, ‘मैले सोचेको थिएँ कि यो ताराका वरिपरि कुनै ग्रहहरू छैनन् जुन रोचक हुनेछ।

तर यो ग्रह रहेछ र यसको वरपर धेरै सम्भावित ग्रहहरू छन्, जुन अझ अनौठो हो।’यो टोलीले सर्वेक्षण सुरु गरेको छोटो समयमै कुनै ग्रह फेला पर्नुभन्दा पनि यसका विशेषताले अचम्ममा परेको बताएका छन्।

बी सेन्तौरी प्रणालीमा दुईवटा तारा छन्- बी सेन्तौरी ए र बी सेन्तौरी बी। यी दुवैलाई मिसाएर एउटै तारा बनाउने हो भने सूर्यभन्दा ६ देखि १० गुणा ठूलो हुन सक्छ।दुवै निकै ताता छन्। यो नयाँ खोजले ग्रह निर्माणसम्बन्धी हामीले अहिलेसम्म पढ्दै आएको सिद्धान्तभन्दा निकै फरक भएको उनले बताए।

 

 

7215
Shares

ट्रेन्डिङ