सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रे फोनिजको अध्यक्षमा इन्द्र बहादुर थापा

काभ्रे फोनिजको अध्यक्षमा इन्द्र बहादुर थापा

3525
Shares
काभ्रे फोनिजको अध्यक्षमा इन्द्र बहादुर थापा

 

नेपाल आदिवासी जनजाती महासंघ (फोनिज) काभ्रेको अध्यक्षमा इन्द्र बहादुर थापा विजयी हुनुभएको छ ।

गएराति अबेर सकिएको पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा थापा विजयी हुनुभएको हो । अध्यक्षमा सहमति हुन नसकेपछि थापा र जगतमान बल तामाङ बीच चुनाव भएको थियो ।

बनेपाको बुडोल स्थित आदिवासी जनजाति भवनमा भएको निर्वाचनमा इन्द्रबहादुर थापाले २१ मत र जगत तामाङले ७ मत ल्याउनु भएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा काजल तामाङ, सचिबमा सुरज श्रेष्ठ, सहसचिबमा सनम सुवाल, कोषाध्यक्षमा कृष्ण बहादुर घिसिङ चयन भएका छन् ।

फोनिजको जिल्ला कार्य समिति सदस्यहरुमा इकमान लामा, रकम राज लामा, लोक बहादुर लामा र सबिना श्रेष्ठ चयन हुनुभएको छ ।

 

3525
Shares

ट्रेन्डिङ