सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रे एमालेमा गोकुल बाँकस्कोटाको रोजाइमा को पर्लान् ?

काभ्रे एमालेमा गोकुल बाँकस्कोटाको रोजाइमा को पर्लान् ?

7250
Shares
काभ्रे एमालेमा गोकुल बाँकस्कोटाको रोजाइमा को पर्लान् ?

 

काभ्रे : हुन त एमालेले जिल्ला अधिवेशनको मिति तोकेको छैन् ।

तर भोली र पर्सी बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्टाभित्र जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्ने समेत कार्यसूची समावेश भएपछि काभ्रे जिल्लामा पनि भावी नेतृत्वको बारे चर्चा हुन थालेको छ ।

सम्भवतः स्थानीय तहको निर्वाचन घोषणा हुनु अघि नै जिल्ला र प्रदेशको अधिवेशन सकाउने गरी एमालेले निर्णय गर्नेछ । केन्द्रीय महाधिवेशन सकिएकाले केहि हदसम्म जिल्ला र प्रदेश अधिवेशन गर्न एमालेलाई सजिलो हुनेछ ।

काभ्रेको चिया पसल देखि सार्वजनिकक कार्यक्रमहरु समेत एमालेको समूहगत छलफल हुन थालेको छ । यसले के जनाउँछ भने भावी अध्यक्षमा सर्वसम्मत हुन गाह्रो छ । तर गुटगत उम्मेदवार भने बन्ने छैनन् । एमाले केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको मर्जीले ठूलो रोल खेल्ने छ ।

अहिले चिया पसल र सार्वजनिक कार्यक्रमहरुमा भावी जिल्ला कमिटी अध्यक्षको बारे चासो र चिन्ता जतिनै गरेपनि बाँस्कोटाले रोजेकै ब्यक्ति अध्यक्ष हुनेछन् ।

अर्थात जिल्ला अधिवेशनमा चितवन सम्पन्न भएको महाधिवेशनको शैली अपनाइने छ । गोकुल बाँस्कोटाले गोजीबाट लिष्ट पढ्ने छन् । र प्रतिनिधिहरुले ताली पड्काएर अनुमोदन गर्नेछन् ।

जिल्ला अध्यक्षका लागि वर्तमान एमाले अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ र पनौती नगरपालिकाका मेयर भिम न्यौपानेको चर्चा छ । न्यौपाने ९ औँ जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित हुनुभएको थियो । सोहि अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित ब्याञ्जु एमाले फुटपछि अध्यक्षमा मनोनित हुनुभएको हो ।

अध्यक्षमा पराजित भइसक्नु भएकाले यो पटक सर्वसहमतिमा अध्यक्ष चयन गर्ने हो भने न्यौपानेलाई नै अध्यक्ष बनाइनुपर्ने न्यौपाने निकटस्थहरुको भनाई छ । कतिपयले अध्यक्षको जिम्मेवारी पाइसक्नु भएका ब्याञ्जुको संगठन निर्माणमा समेत शं का गरेका छन् ।

‘ब्याञ्जु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित हुनुहुन्छ । तर जुन उहाँले अवसर पाउनु भएको थियो । जिल्लामा खास पार्टी चलायमान हुन नसकेको धेरैको बुझाइ छ । कता कता सिमित घेराभित्र मात्रै रमाउन खोजेको हो की भन्ने आभाष हुन्छ ।

उहाँले नयाँ ढंगबाट पार्टी हाँक्नु हुन्छ भन्ने आश थियो । तर पार्टीलाई नेतृत्व जुन उत्साह र हौलसाका साथ गर्नुपथ्र्यो त्यो देखिएन् । यो कुरा पनि पार्टीको उच्च नेतृत्वले हेरेको होला भन्ने लाग्छ । नाम उल्लेख नगर्ने सर्तमा एमालेका एक जिल्ला कमिटी सदस्यले भने ।’

ब्याञ्जु यो पटक अधिवेशन मार्फत अध्यक्ष भएर भुगोलको राजनीति गर्ने सोचमा रहेको उहाँ निकटकाहरु बताउँछन् । तर जिल्ला इन्चार्ज बाँस्कोटा ब्याञ्जु र न्यौपाने दुबैलाई सन्तुलनमा राखेर अघि बढ्ने सोचमा रहेको बताइन्छ ।

अध्यक्षमा दुबै नेताले दाबी नछोडे एक जनालाई प्रदेश कमिटीको उचित जिम्मेवारी दिने बाँस्कोटाको योजना छ ।

 

7250
Shares

ट्रेन्डिङ