सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेसका यी नेताः कसले कुन पदमा उम्मेदवारी दर्ता गर्दैछन् ?

काभ्रे काँग्रेसका यी नेताः कसले कुन पदमा उम्मेदवारी दर्ता गर्दैछन् ?

8455
Shares
काभ्रे काँग्रेसका यी नेताः कसले कुन पदमा उम्मेदवारी दर्ता गर्दैछन् ?

 

काभ्रे काँग्रेसका ५ जना नेताले हालसम्म केन्द्रीय पदाधिकारी देखि सदस्यसम्म उमेदवारी घोषणा गरेका छन् ।

१४ औँ महाधिवेशनमा आज उम्मेदवारी दर्ता छ । अहिलेसम्म पूर्व जिल्लासभापति शिव हुमागाईले सहमहामन्त्रीका लागि उम्मेदवार घोषणा गर्नुभएको छ ।

त्यस्तै निर्वतमान जिल्ला सभापति मधु आचार्यले केन्द्रीय सदस्यमा, गणेश लामा, हर्षजीत लामा र ललिता किङरिङले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

किङरिङले आदीवासी जनजाति महिला कोटा तर्फबाट उम्मेदवारी घोषणा गर्नुभएको हो । आचार्यले रामचन्द्र पौडेल प्यानलबाट टिकटको लबिङ गरिरहनुभएको छ भने गणेश लामा पौडेल र देउवा दुबै प्यानलमा अटाउने सम्भावना छ ।

काभ्रेबाट पदाधिकारीमा उम्मेदवारी दिन हुमागाई मात्रै हुनुहुनेछ । केन्द्रीय सदस्यमा भने उम्मेदवारी दिनेको संख्या अझै बढ्ने बताइएको छ ।

 

8455
Shares

ट्रेन्डिङ