सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • यूवा नेता गणेश लामाले गराए केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

यूवा नेता गणेश लामाले गराए केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

7505
Shares
यूवा नेता गणेश लामाले गराए केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

 

काभ्रे : नेपाली काँग्रेस काभ्रेका यूवा नेता गणेश लामाले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

शुक्रबारबाट भृकुटिमण्डपमा सुरु भएको कांग्रेसको १४औं महाधिवेशनमा युवा नेता लामाले मनोनयन दर्ताको क्रममा आज खुलातर्फ (३५) केन्द्रीय सदस्य पदमा उमेदवारी दिएका हुन् । गणेश लामाले शेर बहादुर देउवा प्यालनबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेता लामा काभ्रे निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधीमा पनि भारी मतले विजयी भएका थिए । उनले खुल्ला तर्फबाट महाधिवेशन प्रतिनिधीमा उम्मेरदवारी दिएका थिए ।

यूवाहरुका ढुकढुकी बनेका नेता लामा सामाजिक कार्यमा पनि निकै सक्रिय रहदै आएका छन् । उनले को रो ना भाईरस (कोभिड १९) महामारीको समयमा पनि जिल्लामा निकै सक्रियता देखाएका थिए ।

नेता लामाले कम्युनिष्टको दबदबाले खुम्चिएको काँग्रेसलाई अझ पहिलो शक्तिशाली दलका रुपमा उठाउन सक्ने कार्यसमिती निर्माण गर्ने बताएका छन् ।

आफू केन्द्रिय सदस्य भएपछि एकाधिकारबादको हावी गराउने प्रवृति र प्रजातान्त्रिक गठन प्रणालीशून्य संगठन चलाउने नियत अब क्षम्य नहुने नेता लामाले उल्लेख गरेका छन् ।

त्यस्तो अवस्थालाई निरुत्साहित गरि पुस्तान्तरणदेखि यूवा नेतृत्वलाई प्रोत्साहन गर्ने नेता लामाले पाँच बुँदे योजनामा उल्लेख गरेका छन् । त्यस्तै यूवालाई हरेक स्थानमा पहिलो प्राथमिकता दिने उनले बताएका छन् ।

 

 

7505
Shares

ट्रेन्डिङ