सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एमालेले तोक्यो जिल्ला, प्रदेश र भातृ संगठनकाे अधिवेशन मिति

एमालेले तोक्यो जिल्ला, प्रदेश र भातृ संगठनकाे अधिवेशन मिति

2745
Shares
एमालेले तोक्यो जिल्ला, प्रदेश र भातृ संगठनकाे अधिवेशन मिति

 

काठमाडौँ, मङ्सिर २५ : नेकपा (एमाले)ले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ ।

भक्तपुरमा जारी रहेको (एमाले)को दोस्रो केन्द्रीय कमिटीको बैठकले पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

बैठकले एमाले सल्लाहकार परिषद्को अध्यक्षमा नेता अमृतकुमार बोहोरालाई चयन गरेको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो ।

आज दिउँसोदेखि जारी रहेको बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्यूरो गठन, कार्यविभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियानलगायत १५ वटा कार्यसूची रहेको छ । बैठक आइतबारसम्म सञ्चालन हुने छ ।

 

2745
Shares

ट्रेन्डिङ