सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • त्रिभुवन विमानस्थलबाट अवैध रूपमा सुन भित्र्याउने क्रम रोकिएन, तीन जना प क्रा उ

त्रिभुवन विमानस्थलबाट अवैध रूपमा सुन भित्र्याउने क्रम रोकिएन, तीन जना प क्रा उ

5475
Shares
त्रिभुवन विमानस्थलबाट अवैध रूपमा सुन भित्र्याउने क्रम रोकिएन, तीन जना प क्रा उ

 

काठमाडौँ, मङ्सिर २५ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अ वै ध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन । प्र ह रीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस प क्रा उ गर्दै आएको छ ।

सोक्रममा हालैमात्र दुबईबाट काठमाडौँ आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्र्याएको पाइएको प्र ह री प्रधान कार्यालयले जनाएको छ ।

भारत घर भएका ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अ वै ध रूपमा काठमाडौँ ल्याएको ९०५ ग्राम अर्धठोस सुनसहित प क्रा उ गरेपछि उक्त रहस्य खुलेको हो । उनीसँगको सोधपुछको आधारमा अन्य एक जनालाई पनि प क्रा उ गरिएको प्र ह रीले आज जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा उनको गतिविधि शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि अस्पताल लैजाने क्रममा उनको मलद्वारनजिक कालो रङको चिल्लो रबर जस्तो देखिने वस्तुले बेरेको अवस्थामा उक्त सुन फेला परेको थियो ।

प्रारम्भिक सोधपुछको क्रममा उक्त सुन ल्याउन भारतीय नागरिक ३५ वर्षीय कादर इब्राहिमको सङ्लग्नता रहेको खुल्न आएपछि उनलाई समेत प क्रा उ गरी कारवाही थालिएको छ ।

यसैगरी जजिरा एयरको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौँ आएका भारतीय नागरिक ५० वर्षीय सिराज मदापाट बापुट्टेलाई भन्सार छली अवैध रूपमा ल्याएको ३४९ ग्राम सुनसहित प क्रा उ गरेको प्र ह रीले जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुण एयरलाइन्सद्वारा सिमरा जाने क्रममा उनले बोकेको झोला एक्स–रे जाँच गर्दा उक्त धातु फेला पारेपछि उनलाई प्र ह रीले प क्रा उ गरेको हो ।

उनीहरूलाई बरामद धातुसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्र ह री प्रधान कार्यालयले जनाएको छ ।

 

5475
Shares

ट्रेन्डिङ