सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अमेरिकामा भीषण आँधी‚ ५० भन्दा बढीको मृ त्यु भएको आशंका

अमेरिकामा भीषण आँधी‚ ५० भन्दा बढीको मृ त्यु भएको आशंका

3445
Shares
अमेरिकामा भीषण आँधी‚ ५० भन्दा बढीको मृ त्यु भएको आशंका

 

एजेन्सी : अमेरिकी राज्य केन्टकीका गभर्नरले शुक्रबार रातभर आएको टोर्नाडो आँधीबाट ५० जनाभन्दा बढीको ज्या न गएको चे ता व नी दिएका छन्।

एन्डी बेशियरले यो संख्या १०० सम्म पुग्न सक्ने बताएका छन्। उनले राज्यको इतिहासमा यो सबैभन्दा ख रा ब आँधी भनेका छन्। उनले सम्भवतः विनाशकारी आँधी प्रतिघण्टा ७० र १०० माइलको बीचमा भएको बताए।

टोर्नाडोले अमेरिकाका धेरै राज्यमा विनाश मच्चाइरहेको छ। इलिनोइसस्थित अमेजन गोदाममा कामदारहरू फसेका छन्।

आँधीबेहरी आएको वेला केन्टकीको मेफिल्डमा रहेको मैनबत्ती कारखानामा १०० भन्दा बढी मानिस थिए। ‘लाग्छ‚ हामीले ती दर्जनौं मानिस गुमाउनेछौं’‚ बेशियरले भने।

दक्षिणी इलिनोइसको एडवर्ड्सभिलेमा रहेको अमेजनको गोदाम शुक्रबार राति आँधीबेहरीमा क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन्।

गोदामको छत भत्किँदा कति जना घाइते भएका छन् भन्ने अझै स्पष्ट भइसकेको छैन। स्थानीय आपत्‌कालीन सेवाहरूले यसलाई फेसबुकमा ‘सामूहिक हताहतको घटना’ भनेका छन्। स्थानीय सारा बर्मनले आफ्नो साथी हराइरहेको बताइन्।

‘मैले उनीसँग आज राति ८ बजे कुरा गरें र उनी आफ्नो भ्यान छोड्न फर्कदै थिएँ। त्यसपछि मैले उनको केही खबर पाएकी छैन’, उनले भनिन्‚ ‘के भइरहेको छ भनेर हेर्न यहाँ आउने निर्णय गरें। भवन यसरी भत्किएको होला भन्ने मलाई थाहा थिएन। म उनी ठीक छन् कि छैनन् भनेर जान्न चाहन्छु।’

इलिनोइसका गभर्नर जेबी प्रिजकरले ट्वीट गरे, ‘मेरो प्रार्थना आज राति एडवर्ड्सभिलेका जनतासँग छ।’ केन्टकीमा सं क ट का ल घोषणा गरिएको छ। प्र ह रीका अनुसार आँधीले राज्यको पश्चिमी भागहरूमा ठूलो क्षति पुर्‍याएको छ।

हप्किन्स काउन्टीमा तीव्र हावा चलिरहेको वेला एउटा रेल पटरीबाट खसेको सुरक्षाकर्मी म्याट स्यान्डरसनले बताए।

क्रेगहेड काउन्टीका न्यायाधीश मार्विन डेले अर्कान्सासमा एक नर्सिङ होम आंशिक रूपमा भत्किएपछि एक व्यक्तिको मृत्यु भएको र २० जना भित्र फसेको जानकारी दिए।

अमेरिकी राष्ट्रिय मौसम विभागले अर्कान्सास, टेनेसी, मिसौरी र इलिनोइस लगायतका राज्यमा टोर्नाडोको चेतावनी जारी गरेको छ।

 

3445
Shares

ट्रेन्डिङ