सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिव हुमागाईको टिकट कस्ले खोस्यो ?

शिव हुमागाईको टिकट कस्ले खोस्यो ?

9625
Shares
शिव हुमागाईको टिकट कस्ले खोस्यो ?

 

काभ्रे काँग्रेसका पूर्व सभापति शिव हुमागाईले अन्ततः सहमहामन्त्रीको टिकट नै नपाएको खुलसा भएको छ ।

 

नर्वनिर्वाचित जिल्ला सभापति तीर्थ लामाले दुई पटक शेर बहादुर देउवालाई भेटेर दबाब दिएपनि हुमागाईले सहमहामन्त्रीको टिकट नपाएका हुन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ । जहाँ काभ्रे काँग्रेसका पूर्वसभापति हुमागाईको नाम कतै पनि छैन् ।

हुमागाई केहिदिन अघिदेखि नै सह महामन्त्री पदमा उम्मेदवार घोषणा गरेर सामाजिक सञ्जाल मार्फत भोट मागेका थिए । हुमागाईले कुनै पनि गुटमा स्थान नपाएपछि उनी निकटका कार्यकर्ताहरु भने निराश बनेका छन् ।

हुमागाईलाई भोट माग्ने कार्यकर्ताहरु आज निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारहरुको अन्तिम नामावली पछि निराश बनेका हुन् ।गणेश लामाले देउवा प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै मधु आचार्यले रामचन्द्र पौडेल समूहबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयन समयावधि तोकिएको थियो ।

निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधी, डा शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी परेको छ ।

उपसभापतिमा विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह र पूर्णबहादुर खड्काले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी महामन्त्रीमा डाक्टर मीनेन्द्र रिजाल, डाक्टर प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डाक्टर राजाराम कार्कीको उम्मेदवारी परेको छ ।

सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मल्लाह मनसुर, सुरेन्द्र चौधरी, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जीत कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङदाङवे, चेतनाराज बजाल, उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्यायले उम्मेदवारी मनोनयन गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै केन्द्रीय सदस्यतर्फ पिछडिएका समूहबाट दुई, अपाङ्ग कोटामा १७, अल्पसङ्ख्यकमा ६, मुस्लिम कोटामा १६, थारु समुदायबाट १४, मधेशीमा ३२, दलित ३९, महिला ३१, खसआर्यतर्फ ८३ जना, आदिवासी जनजाति क्लष्टरबाट ८७ जना र खुलातर्फ ११० जनाको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेश १ बाट १३, प्रदेश २ बाट पाँच, लुम्बिनी प्रदेशका लागि ११, गण्डकीका लागि ६, कर्णालीका लागि छ, सुदूरपश्चिम प्रदेशका लागि १२, वाग्मतीका लागि नौ जनाले उम्मेदवारी मनोनयन गराउनुभएको छ ।

निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभागृहबाट भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ ।

यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । पार्टीसबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ ।

 

 

9625
Shares

ट्रेन्डिङ