सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • तीन महिनापछि २० वर्ष पुराना भाडाका गाडी काठमाडौंबाट विस्थापित हुने

तीन महिनापछि २० वर्ष पुराना भाडाका गाडी काठमाडौंबाट विस्थापित हुने

4195
Shares
तीन महिनापछि २० वर्ष पुराना भाडाका गाडी काठमाडौंबाट विस्थापित हुने

काठमाडौं उपत्यकामा सवारीको चापलाई व्यवस्थित गर्न सरकारले ट्राफिक नियम कडाई गर्दै केही नयाँ नियम ल्याउने तयारी गरेको छ ।
उपत्यकामा बढ्दै गएको अव्यस्थित सहरीकरणका कारण काठमाडौंको सडक दिन प्रतिदिन साँधुरो बन्दै गएको छ । सरकारले जतिनै बाटो बढाए पनि ट्रफिक जाम कम भएको छैन । बाटो बढाउने नाममा काठमाडौंको कतिपय सडकहरु निर्माणाधीन अवस्थामा छन् ।
सवारी र सर्वसाधरणको चापलाई मध्यनजर गर्दै ट्रफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभाग, कार्यालय र उपत्यका ट्राफिक निर्देशनालयको संयुक्त प्रयासमा भएका नियमहरुलाई कडाईका साथ पालना गराउने र केही नयाँ नियम पनि लागु गर्ने तयारी सुरु भएको छ ।
उपत्यकामा झण्डै ४० लाख जनसंख्या र दैनिक १० लाख भन्दा बढीले यात्रा गर्नु, उपत्यका मात्रै १२ लाख गाडी चल्नु र साँघुरो बाटोका कारण दुर्घटना हुनुका साथै ट्राफिक जाम पनि हुने भएकाले केही नयाँ नियम लागू गर्ने तयारी गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए ।
काठमाडौं उपत्यकामा यातायात व्यवस्था विभागको तथ्याङ्क अनुसार दैनिक ५ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाउने गरेका छन् । भने दैकिक ३१ जना घाइते हुने गरेका छन् । यस्तै देशभर एक वर्षमा १७ सय ४४ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाउने गरेको तथ्याङ्क छ । यस्ता कहालीलाग्दो सवारी दुर्घटना र चापलाई न्युनिकरण गर्न भएका नियमलाई कडाईका साथ लागू गर्दै केही नयाँ नियमहरु ल्याउन लागेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।
केही नयाँ नियमहरुः–
सामान बोक्ने गाडीलाई कार्यालय समयमा चक्रपथ भित्र प्रवेश गर्न रोक
ट्राफिक चापलाई व्यवस्थित गर्न सामान बोक्ने साना तथा ठूला गाडीलाई कार्यालय समयभित्र रिङ रोडभित्र प्रवेश गर्न रोक लगाइने भएको छ ।
सामान बोक्ने, भ्यान, ट्रक लगायतका कुनै पनि गाडी कार्यालय समय बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्म चक्रपथभित्र प्रवेश गर्न रोक लगाइने भएको छ । तर पानीका र तेलका ट्याङकरलाई भने चल्न पाउनेछन् ।
स्कुल बसलाई टाइम कार्ड
स्कुल बस पनि निश्चत समयमा मात्र गुडन् पाउने भएका छन् । अरु निजी गाडी जसरी स्कुल बस जुनबेला पनि गुड्न नपाउने गरी नियम बन्न लागेको छ । जस अन्तर्गत स्कुल बस बिहान साढे ९ बजे स्कुल हाताभित्र छिरिसक्नु पर्नेछ । बिहान साढे ९ बजेपछि कुनै पनि स्कुल बस सडकमा गुडेमा जरिवाना गर्ने गरी नियम बनाइने भएको हो ।
त्यस्तै दिउँसो विद्यार्थी र्पुयाएर पुनः साढे ४ बजे स्कुल बस स्कुल हाताभित्र छिरिसक्नुपर्ने प्रवक्ता टोकराज पाण्डे बताउनुभयो । अहिले अरु गाडीलाई पनि विद्यार्थी बोक्न प्रयोग गरिंदै आइएको छ । नयाँ नियम लागू भएपछि गाडी भाडामा लिएर विद्यार्थी बोक्न पाइने छ्रैन ।
२० वर्ष पुराना गाडीलाई विस्थापित गरिने
पुराना गाडीले शहरी सुन्दरतालाई कुरुप बनाएको तथा ट्राफिक व्यवस्थालाई पनि अस्तव्यस्त बनाएको भन्दै २०७१ फागुन १७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै अबको दुई वर्ष्भित्र २० वर्ष पुराना भाडाका गाडी विस्थापित गर्ने जानकारी सार्बजनिक भएको थियो ।
राजपत्रको सूचना अनुसार अबको तीन महिनाभित्र २० वर्ष पुराना भाडाका गाडी विस्थापित गरिसक्नु पर्ने हुन्छ । त्यसै अनुसार विभागले पनि काम गरिरहेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । दुर्घटनाका मुख्य कारणमध्ये पुराना गाडी पनि भएको निष्कर्ष निकाल्दै विभागले अबको तीन महिनापछि २० वर्ष पुराना भाडाका गाडीलाई काठमाडौंबाट विस्थापित गर्न लागेको हो ।
काठमाडौं हुने प्रदुषणको कारणमध्ये ४० प्रतिशत कारण गाडीकै धुलो धुँवाका कारण हुने गरेको तथ्याङ्क छ । यस्ता पुराना गाडी काठमाडौंबाट विस्थापित गर्ने हो भने पनि यसको दर घटाउन सकिने भएकाले २० वर्ष पुराना गाडी हटाउन लागिएको विभागले जनाएको छ ।
दायाँ मोड्न नपाईने नियम हल्ला मात्रै
गाडी दाँया मोड्न नपाईने भन्ने नियमका बारेमा कुनै छलफल नभएको विभागले जनाएको छ । ‘यस बारेमा केही मिडियाले दायाँ मोड्न नपाईने भनेर समाचार लेखेपनि त्यसबारेमा कुनै छलफल भएको छैन, यो नियम लागू गर्न पनि त्यति नै गाह्रो छ’ यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले भन्नुभयो ‘यो मैले भनेको व्यक्तिगत विचार हो विभागले यस बारेमा कुनै निर्णय गरेको छैन ।’

यि नयाँ नियमका बारे ट्राफिक प्रहरी महाशाखाले पहिला सचेतना गराएर मात्र नियम लागू गर्ने जनाएको छ ।
 

4195
Shares

ट्रेन्डिङ