सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कांग्रेस महाधिवेशन : उम्मेदवारीबाट झण्डै ६० लाख रकम संकलन

कांग्रेस महाधिवेशन : उम्मेदवारीबाट झण्डै ६० लाख रकम संकलन

2840
Shares
कांग्रेस महाधिवेशन : उम्मेदवारीबाट झण्डै ६० लाख रकम संकलन

 

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिसहित विभिन्न पदको उम्मेदवारी मनोनयनबाट ५९ लाख ९५ हजार रकम संकलन भएको छ । शनिबार सभापतिसहित ५ सय ४८ पदको उम्मेदवारी मनोनयनबाट झण्डै ६० लाख रुपैयाँ संकलन भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार आइतबार उम्मेदवारी फिर्ताको समय निर्धारण गरिदाको समयसम्म दुई पदाधिकारी र ५५ केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् । तर, उनीहरुले उम्मेदवारी दिएबापत बुझाएको शुल्क फिर्ता पाएका छैनन् ।

शनिबार सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराए पनि आइतबार सभापतिका एक जना प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन् । तर, उनले सभापतिमा मनोनयन दर्ता गर्नका लागि बुझाएको ३० हजार रूपैयाँ शुल्क फिर्ता पाउने छैनन् ।

यससँगै सोमबार सभापतिमा ५ जनाको महाभिडन्त हुनेछ । ६ सभापति उम्मेदवारी मनोनयनबाट १ लाख ८० हजार रकम संकलन भएको छ । उपसभापतिमा ७ र महामन्त्रीमा ६ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये उपसभापतिका उम्मेदवारबाट १ लाख ७५ हजार र महामन्त्रीका उम्मेदवारबाट १ लाख ५० हजार रकम सकंलन भएको छ ।

८ सहमहामन्त्रीका लागि २० जनाको उम्मेदवारी मनोनयनबाट २० हजार रूपैयाँका दरले ४ लाख रकम संकलन भएको छ । १ सय २१ कांग्रेस केन्द्रीय सदस्यतर्फ ५०९ जनाले दिएको उम्मेदवारी मनोनयनबाट १० हजार रूपैयाँका दरले ५० लाख ९० हजार रकम संकलन भएको छ ।

 

2840
Shares

ट्रेन्डिङ