सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेमा निर्वाचन कार्यालयका कर्मचारीमाथि हातपात, ज्यान मा र्ने ध म्की !

काभ्रेमा निर्वाचन कार्यालयका कर्मचारीमाथि हातपात, ज्यान मा र्ने ध म्की !

10195
Shares
काभ्रेमा निर्वाचन कार्यालयका कर्मचारीमाथि हातपात, ज्यान मा र्ने ध म्की  !

 

काभ्रे : काभ्रेमा निर्वाचन कार्यालयका कर्मचारीमाथि हातपात भएको छ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेमा कार्यरत काभ्रे बेथानचोकका कमल प्रसाद नेपाल माथी हातपात भएको हो ।

काभ्रेको बेथानचोक गाउँपालिकामा मतदाता नामावली संकलनका क्रममा आइतबार (हिजो) आफु माथि कुटपिट भएको कमल प्रसाद नेपालले सबैको समाचारलाइ जानकारी दिए ।

नेपालले आफूमाथी कु ट पि ट र ज्यान मा र्ने ध म्की समेत दिएको बताए । कु ट पि टबाट नेपालको दाहिने कानमा चो ट लागेको छ ।

बेथानचोक नेकपा एमालेको नेतृत्वमा आएको समूहले आफूमाथि कु ट पि ट गरेको नेपालले आरोप लगाएका छन् ।

उनले अहिले आफू सुरक्षित स्थानमा रहेको जानकारी दिदै जिउधनको सुरक्षाका लागि  सरकारसंग माग समेत गरेका छन् ।

नेपालले आफूमाथी कु ट पि ट भएको जानकारी गराइ कु ट पि ट गर्नेहरुलाई कारबाहीको माग गदै जिल्ला निर्वाचन कार्यालय काभ्रेमा निवेदन समेत दिएको जानकारी दिए ।

उनी यहि मङ्सिर १७ गते देखि निर्वाचन कार्यालय काभ्रेमा करार कर्मचारिमा नियुक्त भएका थिए ।

उनलाई निर्वाचन कार्यालय काभ्रेले बेथान्चोक गाउँपालिका र तेमाल गाउँपालिकामा मतदाता नामावली संकलन गर्न खटाएको छ ।

 

10195
Shares

ट्रेन्डिङ