सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नमोबुद्ध–१० मा ‘न्यानो’ बाँड्दै समाजसेवी श्रेष्ठ

नमोबुद्ध–१० मा ‘न्यानो’ बाँड्दै समाजसेवी श्रेष्ठ

3015
Shares
नमोबुद्ध–१० मा ‘न्यानो’ बाँड्दै समाजसेवी श्रेष्ठ

काभ्रे : समाजसेवी रामकृष्ण श्रेष्ठले नमोबुद्ध नगरपालिका वडा नं. १० मा ब्लाङ्केट र टोपी वितरण गरेका छन् ।

नमोबुद्ध नगरपालिका वडा नं. १०, वडा समितिको संयोजनमा श्रेष्ठले आफ्नो जन्मथलो नमोबुद्ध १० पुराना गाउँमा ब्लाङ्केट र न्यानो टोपी वितरण गरेका हुन् ।

सोमबार आयोजित कार्यक्रमका बीच उक्त वडाका लक्षित वर्गका २ सय ३५ जनालाई ब्लाङ्केट र टोपी वितरण गरिएको छ ।

समाजसेवी श्रेष्ठ, वडा अध्यक्ष रामकृष्ण अधिकारी लगायतले ती सामग्री वितरण गरेका थिए ।

नमोबुद्ध १० पुराना गाउँमा जन्मिएका श्रेष्ठ हाल काठमाडौं बस्दै आएका छन् ।

आफू जन्मथलोबाट बाहिर रहे पनि यो ठाउँ र यहाँका नागरिकको सदैब नजिक रहेको बताउने श्रेष्ठले जाडोको समयमा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सत्य साई केन्द्र काठमाडौंको समन्वयमा न्यानो वितरण गरेको जानकारी दिए ।

श्रेष्ठले यसअघि पनि उक्त वडा र त्यहाँका स्थानीयबासीका लागि सहयोग गर्दै आइरहेका छन् ।

उनले निःशुल्क रुपमा उपलव्ध गराएको १० आना १ पैसा १ दाम जग्गामा वडा नं. १० को कार्यालय निर्माण भइसकेको छ ।

आगामी दिनमा पनि वडा र वडाबासीका लागि आफूले सक्दो सहयोग गर्ने श्रेष्ठले बताए ।

वडा अध्यक्ष रामकृष्ण अधिकारीले श्रेष्ठको सहयोगले वडाबासीका लागि ठूलो राहत मिलेको बताए ।

जाडोको समयमा सहयोगी मनबाट न्यानो सहयोग पाउनु महत्वपूर्ण कुरा हो भन्दै अधिकारीले श्रेष्ठले उपलव्ध गराएको जग्गामा आधुनिक वडा कार्यालय भवन निर्माण गरिएको बताए ।

आफू विगतमा पनि वडाको विकासका लागि निरन्तर खटिएको र आगामी दिनमा पनि खटिरहने अधिकारीले बताए ।

वडा नं. १० ले अघिल्लो महिनामात्रै उक्त वडाका वृद्धवृद्धाका लागि सिरक वितरण गरेको थियो ।

विगतमा पनि जेष्ठ नागरिक, अपांग, दलित, महिला लगायत लक्षित वर्गका लागि वडाले अत्यावश्यक सामग्री वितरण गर्दै आइरहेको छ ।

कोभिड १९ संक्रमणको महामारीको समयमा वडाले सबै घरमा मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

3015
Shares

ट्रेन्डिङ