सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रे देवीटारमा स्त्री रोग तथा सामान्य स्वास्थ्य परिक्षण शिविर सम्पन्न

काभ्रे देवीटारमा स्त्री रोग तथा सामान्य स्वास्थ्य परिक्षण शिविर सम्पन्न

5225
Shares
काभ्रे देवीटारमा स्त्री रोग तथा सामान्य स्वास्थ्य परिक्षण शिविर सम्पन्न

 

काभ्रे जिल्लाको धुलिखेलमा स्त्री रोग तथा सामान्य स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।

धुलिखेल नगरपालिका वडा नं १ स्थित देवीटार स्वास्थ्य चौकीमा आज आयोजित शिविरमा झण्डै सय जनाले सेवा लिएको धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप के.सी.ले जानकारी दिए ।

उनका अनुसार उक्त शिविरमा वडाका ९७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

स्वास्थ्य शाखा प्रमुख के.सी.ले सहयोगी संस्थालाई आभार सहित शिविरमा खटिएका सम्पुर्ण स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।

5225
Shares

ट्रेन्डिङ