सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सभामुखलाई ओलीको चेतावनी : धम्की नदिए हुन्छ, परिणाम नराम्रो होला

सभामुखलाई ओलीको चेतावनी : धम्की नदिए हुन्छ, परिणाम नराम्रो होला

3445
Shares
सभामुखलाई ओलीको चेतावनी : धम्की नदिए हुन्छ, परिणाम नराम्रो होला

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठक पनि चल्न नदिने जनाएका छन् ।

आफूहरुले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा सहभागी भएसम्म विरोध जारी रहने ओलीको भनाइ थियो ।

संसदमा विरोध जनाउँदा एमाले सांसदहरुलाई कारबाही गर्ने धम्की नदिन आग्रह गर्दै उनले उत्तेजनामा आए परिणाम नराम्रो हुने चेतावनीसमेत दिए ।

‘धम्की दिने जमाना थियो होला, अब धम्की नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन,’ मंगलबारको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘निकाल्छु भन्नेहरुलाई, कारबाही गर्छु भन्नेहरुलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरुलाई म आवेश उत्तेजनामा नआउन सुझाव दिन्छु । आवेश उत्तेजनामा नआउनु, परिणाम नराम्रो होला ।’

3445
Shares

ट्रेन्डिङ