सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • उद्योगी न्यौपानेमाथि गोली प्रहार,

उद्योगी न्यौपानेमाथि गोली प्रहार,

4495
Shares
उद्योगी न्यौपानेमाथि गोली प्रहार,

भैरहवामा उद्योगी कुल प्रसाद न्यौपाने माथी गोली प्रहार भएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका न्यौपानेमाथि गल्लामण्डीमा रहेको उनको मुक्तिनाथ खाद्य उद्योग परिसरमै आएर एक समूहले गोली प्रहार गरेको रुपन्देही प्रहरीले जनाएको छ ।
मंगलबार दिउंसो सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्वमा भैरहवामा संविधान संशोधनको विरोधमा हजारौंको संख्यामा प्रदर्शन भएको थियो । सो प्रदर्शनको नेतृत्व गरेका न्यौपानेलाई मोटरसाइकलमा आएका २ जनाले गोली प्रहार गरेका थिए ।
गोली प्रहार गर्दै भाग्दै गरेका व्यक्तिलाई रुपन्देही प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा रुपन्देही सिपवाका विरेन्द्र यादव रहेका छन् भने अर्को व्यक्ति फरार रहेको रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले जनाएका छन् । पक्राउ परेका व्यक्तिबाट प्रहरीले पेस्तोल समेत बरामद गरेको छ ।
स्रोतका अनुसार गोली हान्ने यादव मधेसी मोर्चाका स्थानीय नेता रहेको बुझिएको छ । धकधइमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधनको विरोध गर्नेहरुलाई भौतिक कारबाही गर्ने भनेर चेतावनी दिएको केही घन्टामा नै उद्योगी न्यौपाने माथी गोली प्रहार भएको हो ।
न्यौपाने भने अहिले सकुशल रहेका छन् । घटनापछि न्यौपानेले दैनिक नेपालसँग भने– ‘म असफसमै थिए । मोटरसाइकलमा आएका दुई जनाले २ राउन्ड गोली प्रहार गरे । भाग्यले बांचे ।’ दैनिक नेपाल

4495
Shares

ट्रेन्डिङ