सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जेसिजको अध्यक्षमा श्यामसुन्दर पौडेलको दाबी, युवालाई उद्यमशिल बनाउने पौडेलका योजना

जेसिजको अध्यक्षमा श्यामसुन्दर पौडेलको दाबी, युवालाई उद्यमशिल बनाउने पौडेलका योजना

3020
Shares
जेसिजको अध्यक्षमा श्यामसुन्दर पौडेलको दाबी, युवालाई उद्यमशिल बनाउने पौडेलका योजना

 

विराटनगर । प्रदेश नम्बर १ का युवा ब्यबसायी श्यामसुन्दर पौडेल मिलन सामाजिक अभियानता हुन् । आफैँ केही गर्नु पर्छ भन्ने बिचार बोकेका युवा ब्यवसायी पौैडेलले जेसिजको बिग्रिएको छवी सुधार्दै युवालाई स्वरोजगारको दिशामा अघि बढाउन नेतृत्व गर्ने दाबी गर्छन् ।

उनी अहिले निर्वाचन केन्द्रित अभियान लिएर उम्मेदवार प्रशिक्षणको क्रममा पोखरामा छन् । जेसिजको राष्टिय अध्यक्षमा उम्मेदवारी घोषणासँगै पौडेलले जेसिजका १६१ शाखाहरु रहेकोमा अधिकांशमा पुगेर त्यहाँको अध्यक्ष सहितको सदस्यसँग छलफल गरिसकेको बताए ।

जेसिजका माध्यमबाट समाज परिवर्तन सम्भव छ भन्ने देखाउनको लागि पनि उनले आफ्नो उम्मेदवारी अध्यक्ष पदको लागि रहेको बताएका छन् ।

‘समाज परिवर्तनको एउटा क्षेत्र भनेकको युवालाई उद्यमशिलताको विकास गर्ने भएकोले जेसिजको महाअभियानमा होमिएको छु उनले भने, यो पटक एउटै उदेश्य छ युवालाई उधमशिल बनाएर गरि खान सक्ने बनाएर समाजमा हस्तान्तरण गर्ने र अन्य युवाहरुलाई जेसिजमा लाग्न का लागि प्रेरित गर्ने ।’

तालिमको माध्यमबाट युवालाई परिस्कृत र परिमार्जित गर्दै जेसिजलाई तालिमप्राप्त युवा उत्पादन गर्ने कारखाना रुपमा विकास गर्ने योजनाको साथ युवालाई उद्यमशिलतासँग जोडेर जाने हो भने अहिलेको जस्तो बेरोजगारीको अबस्था नआउने उनको दाबी छ ।

‘म आफु चुनावी मैदान जानुको कारण भनेको जेसिजको बिग्रिएको शाख बचाउनु हो, उनी भन्छन्, जेसिजको माध्यमबाट समाजलाई एउटा सबल र सक्षम युवा हस्तान्तरण गर्नका लागि अबका एक बर्षले नया बाटो तय गर्ने हुदा त्यो एजेण्डालाई सार्थक बनाउनु मेरो दायित्व हो ।’

नेपाल जेसिजको राष्ट्रिय अधिबेशन यहि पौष १देखि ४ गतेसम्म पोखरामा हसँदैछ , जसमा देश भरीका जेसिजका १६१ शाखाका कार्यकारी समितिका पदाधिकारीले मतदान गर्ने गर्छन ।जसले राष्ट्रिय अध्यक्ष सहितका पदाधिकारी निर्वाचित गर्ने गर्छ।

पौडेलको अध्यक्ष दाबी
बिराटनगरमा स्थायीघर भएका पौडेल धेरै सामाजिक संघ संस्थामा आबद्ध छन् । विराटनगरको मोरङ सहकारी अस्पताल, कोशी हेल्थ ईन्स्टिच्युट, कोशी हेल्थ एन्ड साइन्स क्याम्पस , मिलन ट्रेड एन्ड सप्लायर्स लगायतका बिभिन्न सस्थाका संचालक रहेर कुशलता पुर्बक ब्यवसाय संचालन गर्दै आएका छन् ।

एउटा कुशल ब्यबस्थापकको र युवा उधमीका रुपमा आफ्नो पहिचान बनाएका पौडेल लायन्स क्लब अफ बिराटनगर मोरङका पुर्व अध्यक्ष समेत हुन ।

सन २०१७ मा बिराटनगर जेसिजको अध्यक्ष बनेका उनी सन २०१८ मा नेपाल जेसिजमा उपाध्यक्ष पदमा उम्मेदवार भइ उच्च मत ल्याएर नेपाल जेसिजको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

त्यो समयमा तोकिएको जिम्मेवारी समेत कुशलता पुर्वक पूरा गरेको उनी दाबी गर्छन् । उनको कामको मुल्यांकन गर्दै नेपाल जेसिजको कार्यकारी उपाध्यक्षमा सन २०१९ मा देश भरका जेसिज युवाहरुले राम्रो मतले बिजयी गराएका थिए ।

सन २०२० मा ‘मेरो देश म आफै बनाउछु’का राष्ट्रिय संयोजक रहेका पौडेलले जेसिज अभियानमा लागेर मात्र हुन्न नेपाली जेसिज सदस्यले अन्तर्राष्ट्रिय रुपमा समेत जेसिजका कार्यक्रममा भाग लिएर त्यहाँका राम्रा कुरा सिकेर आफ्नो देशमा प्रयोगमा ल्याउनु पर्छ भन्ने उदेश्यले सन २०१७ मा वल्र्ड काङ्ग्रेस नेदरल्यान्डस्, २०१७ मै एस्पाय्क मङगोलिया ,२०१८ मा जापान र २०१९ मा एस्प्याक दक्षिण कोरियामा भएका जेसिजका कार्यक्रमहरुमा प्रतिनिधित्व गराउने काम गरेका छन् ।

उनले यस अघि गरेको सामाजिक कामलाई अध्यक्ष भएर थप नयाँ योजना सहितको जेसिसलाई अघि बढाउने उदेश्य राखेर पोखरा अधिबेशनबाट उद्यमशिलताको यात्रा तय गर्ने बताउँदै आएका छन् ।

 

3020
Shares

ट्रेन्डिङ