सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • श्रीलंकामाथि नेपालको सानदार जित

श्रीलंकामाथि नेपालको सानदार जित

4770
Shares
श्रीलंकामाथि नेपालको सानदार जित

 

काठमाडौँ, मङ्सिर २९ : साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले बुधबार सानदार जित निकालेको छ । नेपालले श्रीलंकामाथि ६–० को फराकिलो जित निकाल्दै च्याम्पियनसिपमा पहिलो जित दर्ता गराएको छ ।

 

यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशको ढाकास्थित वप्र श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बुधबार भएको खेलमा नेपालको फराकिलो जितमा रश्मी कुमारी घिसिङले २ तथा सविता रानामगर, मेनुका आलेमगर, रजनी थोकर र सलोनी रानामगरले समान १ गोल गरिन् ।

गोलको वर्षा भएको खेलमा नेपालले खेलको पाँचौ मिनेटमा रश्मीको गोलबाट अग्रता लिएको थियो । लगत्तै छैटौं मिनेटमा सविताले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।

४३औं मिनेटमा मेनुकाले गोल गरेपछि नेपालले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो । ४८औं मिनेटमा रजनीले गोल गर्दै नेपाललाई ४–० ले अघि बढाइन् । ५३औं मिनेटमा सलोनीले गोल गर्दै नेपाललाई ५–० को फराकिलो अग्रता दिलाइन् । ८५औं मिनेटमा रश्मीले गोल गर्दै नेपालको फराकिलो जित पक्का गरिन् ।

जितसँगै नेपालको दुई खेलबाट ४ अंक पुगेको छ । समान ४ अंक नै रहेपनि नेपाल बंगलादेशसँग पछि छ । पराजित श्रीलंकाले तीन खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन । श्रीलंका पहिलो खेलमा भुटानसँग तथा दोस्रो खेलमा भारतसँग समान ५–० ले पराजित भएको थियो ।

 

4770
Shares

ट्रेन्डिङ